बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

आपसमा अनुभब साँटदै स्थानीय सरकार

२१ पौष,डोटी । स्थानीय सरकारका रुपमा रहेका स्थानीय तहले छिमेकी स्थानीय तहसंग अनुभब साँट्न थालेका छन । डोटीको सायल गाउँपालिका र बझाङको थलारा गाउँपालिकाले डेढ बर्षसम्म आफुले राम्रा काम तथा चुनौतीकाको एक अर्को गाउँपालिकाका बिचमा अनुभब आदान प्रदान गरेका छन ।

एक गाउँपालिकाले गरेका राम्रा कामको अभ्यासलाई अर्को गाउँपालिकामा पनि लागु गर्नका लागी पनि दुबै गाउँपालिकाका बिचमा अनुभब आदानप्रदान कार्यक्रमको आयोजना गरेको सायल गाउँपालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । अध्यक्ष डम्रेलले भने ‘हामी डोटी र बझाङको बिच सिमानका छौँ त्यसैले दुबैका अनुभब एक अर्काका लागी काम लाग्ने हुन्छन हामी पक्षका लागी यो कार्यक्रम प्रभाबकारी भएको छ, हामीले थलारा गाउँपालिकाबाट सिक्नु पर्ने कुरा धेरै छन भन्ने हामीलाई लागेको छ ।’

स्थानीय तहले अनुभब तथा ऐन अभाबका कारण धेरै काम गर्न नसकिएको बताइएका बेला सायल र थलारा गाउँपालिकाले एक अर्काको कुरा सिक्नका लागी अनुभब साँटने कार्यक्रमको आयोजना गरेका हुन । सायल गाउँपालिकाले गरेका राम्रा आफ्ना लागी सिकाई रहेको र अर्को योजना भित्र पारेर लैजाने थलारा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर उपाध्यायले बताए । अध्यक्ष उपाध्यायले भने ‘हाम्रा लागी स्थानीय तह नौलो अभ्यास हो, त्यसैले पनि हामीले एक अर्कोले गरेका राम्रा कामबाट सिक्ने हो ।’

थलारा गाउँपालिका र सायल गाउँपालिकाको बिचमा पर्ने मालिका गुरौँसेलेकमा थलारा गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा दुबै गाउँपालिकाका प्रबक्ता तथा गाउँपालिका अध्यक्षले आफुले गरेका राम्रा काम तथा केही चुनौती सहितका अनुभब सुनाएको थलारा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत संजिब न्यौपानेले बताए । दुबै गाउँपालिका बिचमा रहेको सिमा बिवाद समाधानका लागी जिल्ला नापीबाट टोली ल्याएर नाप नक्सा गर्ने सहमती पनि भएको छन ।

सायलकोे नजरमा थलारा
बझाङको थलारा गाउँपालिकाले गरेका धेरै काम आफ्ना लागी सिकाईको रुपमा रहेको सायल गाउापालिकाका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । अध्यक्ष डुम्रेलले भने ‘मलाई थलाराले होजियारी सुरु गरेर रोजरगार दिएको र अर्को कुरा खादाहरु आफ्नै उत्पादन रहेछ ।’ उनले थपे ‘जेष्ठ नागरिकको नियमित स्वास्थ्य चेकजाँच गर्ने, नर्सरी आफ्नै बनाएका छन, कृषीमा आत्माभिर हुनेगरी कार्यक्रम गरेका रहेछन अन्य पनि धेरै राम्रा काम भएका रहेछन ।’ बझाङको थलारा गाउँपालिकाले गरेका राम्रा काम अर्को बर्ष सायलमा पनि प्रारम्भ गर्ने सोच रहेको अध्यक्ष डुम्रेलले बताए ।

थलाराको नजरमा सायल गाउँपालिका
दुबै गाउँपालिकाको अनुभब आदान प्रदान एक राम्रो सिकाई रहेको थलारा गाउँपालिकाका अध्यक्ष भुबनेश्वर उपाध्यायले बताए । अध्यक्ष उपाध्यायले भने ‘सायल गाउँपालिकाले टुहुरा बालबालिकालाई गाउँपालिकाले पढाउने काम राम्रोे लाग्यो, शिक्षाको सुधारका लागी बिद्यार्थि अनुसारको शिक्षकको ब्यबस्था, सुत्केरी महिलाका लागी पोषण भत्ताको ब्यबस्था राम्रा काम लाग्यो ।’ अध्यक्ष उपाध्यायले थपे ‘अर्गानिक आलु तथा बिउ उत्पादन गर्ने र रिर्चाज पोखरी निर्माण गर्ने जस्ता कामहरु हाम्रा लागी पनि सिकाई रुपमा रहे ।’सुदूरपाटीबाट

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE