बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

दार्चुला जिल्लामा ४ रेक्टर स्केलको भूकम्प

२२ पौष,दार्चुला । दार्चुला जिल्लामा शनिबार राति १० बजेर १ मिनेटमा भूकम्पको धक्का महशुस भएको छ । दार्चुला जिल्ला सदरमुकामदेखि २९ किलोमिटर टाढा भारतको उत्तराखण्ड केन्द्र विन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी दीपक बस्नेतले जानकारी दिए ।

भूकम्पको धक्काबाट भौतिक तथा मानवीय क्षति भएको छैन । भूकम्पीय दृष्टिकोणले जोखीमयुक्त मानिएको दार्चुला जिल्ला आसपासको क्षेत्रमा समय समयमा भूकम्प जाने गरेको छ ।

  • 1
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    1
    Share

WRITE COMMENTS FOR THIS ARTICLE