बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

प्रधानमन्त्री ओलीले आज संसदलाई सम्बोधन गर्ने

२२ पौष,काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार संसद्को बैठकमा सम्बोधन गर्ने भएका छन् । प्रतिपक्षी दलले उठाएका विषय तथा केही समसामयिक विषयमा प्रधामनन्त्री ओलीले संसद्लाई सम्बोधन गर्न लागेका हुन् । यसअघि विहिबार प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको भए पनि अन्तिम समयमा आएर स्थगित भएको थियो ।

वाइडबडीमा अनियमितताका विषयमा सरकारले उच्चस्तरीय जाँच समिति गठन गरेपछि यस प्रकरणले नयाँ मोड लिइरहेको अवस्थामा प्रधानमन्त्रीको संसदको सम्बोधनलाई विशेष चासोको रुपमा लिइएको छ ।

प्रधानमन्त्री ओलीले गत ११ गते शुरु अधिवेशनको पहिलो दिनको बैठकमा सदनमा प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारमाथि लगाएका आरोपको जवाफ दिने भएका छन् । काँग्रेस सभापति देउवाले वाइडबडी खरिदमा भ्रष्टाचार गरेको आरोप लगाएका थिए भने उनले देशमा सरकार नै नभएको जस्तो भएको बताएका थिए ।

संसदको हिउँदे अधिवेशन शुरु भएपछि प्रधानमन्त्री ओलीले पहिलो पटक सम्बोधन गर्न लागेका हुन् ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE