शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

रामारोशनमा पहिलो पटक एकीकृत घुम्ती शिविर संचालन

होम साउँद, २२ पौष, अछाम । रामारोशन गाउँपालिकामा आजबाट बृहत एकिकृत घुम्ती शिविर सुरु भएको छ । शिविरमा बिशेषज्ञ सहितको ३ दिने स्वास्थ्य सेवा पनि प्रदान गरिने भएको छ । रामारोशन गाउँपालिका र सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको आयोजना तथा आर्थिक मामिला तथा योजना मन्त्रालयको संयोजनमा शिविर सञ्चालन गरिएको हो ।

शिविरमा औपचारीक रुपमा नागरिकता बितरण गरेर सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहराले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनुभएका मन्त्री बोहराले सरकारी सेवा सुविधाबाट कुनै पनी नागरिकहरुले बञ्चित हुन नपरोस भनेर शिविर आयोजना गरिएको बताँउनुभयो ।

छुट्टै पहिचान भएको रामारोशन गाउँपालिकालाई बिशेष र बहु आयामिक सेवा प्रदान गरेर प्रदेश सरकारले सबै ८८ वटै स्थानीय तहलाई प्राथमिकता दिएको मन्त्री बोहराले बताँउनुभयो ।
कर्यक्रमका बिशिष्ट अतिथी सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले रामारोशन गाउँपालिकाको मुजाबगरमा सञ्चालन गरिएको एकिकृत शिविर निकै महत्वपूर्ण रहेको बताँउदै शिविरको भरपुर उपयोग गर्न स्थानीयसंग अनुरोध गर्नुभयो । मन्त्री सुवेदीले निर्वाचनका बेला जनतासंग बोलेका बाचा पुरा गर्नका लागि भाषण र आसन मात्रै नभएर काम गर्ने बेला भएको बताँउनुभयो

कहिले बिहानी होला र कहिले जनताको सेवा गरौंला सोचेर सबै कर्मचारी र जनप्रतिनिधि प्रतिबद्ध हुनुपर्ने मन्त्री सुवेदीको भनाई थियो ।

शिविरको उद्घाटन कार्यक्रममा मन्तब्य राख्दै प्रदेश सरकारका प्रमुख सचिव नारायण प्रसाद बिडारीले कुना कन्दरामा रहेका नागरिकलाई सहज रुपमा सरकारी सेवा प्रदान गर्न यो शिविर फलदायी हुने बताँउनुभयो । प्रदेशका अन्य स्थानीय तह र गाउँमा पनी यस्तो सेवा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

शिविर उद्घाटन समारोशका अध्यक्ष तथा रामारोशन गाउँपालिका अध्यक्ष झंकर बहादुर साउँदले दुर्गम तथा उत्पीडित र उपेक्षामा परेको रामारोशनमा पहिलो पटक बृहत शिविर आयोजना गरिएको र यस कार्यका लागि सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद ज्ञापन गर्नुभयो ।

उद्घाटन समारोहमा नेकपाका प्रदेश कमिटी सदस्य गोबिन्द साउँद, नेपाली काँग्रेस महाँसमिति सदस्य अनुराधा स्वारले शुभकामना मन्तब्य राखेका थिए । अछामका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, बान्नीगढी जयगढ गाउँपालिका उपाध्यक्ष लोकेन्द्र साउँद, निमित्त जिल्ला समन्वय अधिकारी खडक बहादुर बिष्ट, सशस्त्र प्रहरी बल खप्तड गुल्मका डिएसपी कृष्णचन्द्र बिष्ट,जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरिक्षक मोहन साउँद लगायतका सहभागी थिए । रामारोशन गाउँपालिका उपाध्यक्ष सरस्वती रावलले स्वागतमन्तब्य राख्नुभएको थियो भने सञ्चालन प्रमुख प्रशासकिय अधिकृत गोबिन्द प्रसाद पुडासैनीले गर्नुभएको थियो ।

एकिकृत घुम्ती शिविरमा बिशेषज्ञ डाक्टर सहित सम्पूर्ण स्वास्थ्य सेवाहरु, नेपाली नागरिकताको प्रमाणपत्र बितरण, फोटोसहितको मतदाता नामावलिमा नाम दर्ता, कृषि, पशुसेवा, घरेलु तथा साना उद्योग सम्वन्धि सेवा लगायत सम्पूर्ण सरकारी सेवा प्रदान भईरहेको छ । शिविरमा रामारोशन गाउँपालिका र छिमेकी स्थानीय तहबाट समेत सेवाग्राहीको सहभागिता रहेको जनाईएको छ ।

  • 8
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    8
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE