बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

कैलाली उधोग बाणिज्य संघको नयाँ नेतृत्व चयनका लागी मतदान जारी

२८ पौष,धनगढी । निकै लामो रस्साकस्सीको बिच कैलाली उधोग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ । अहिले विहान साढे बजेबाट मतदान सुरु भएको छ भने साँझ ४ बजेसम्म मतदान गर्न सकिने छ ।

निर्वाचनका लागि ४ मतदान केन्द्र बनाईएको छ भने एउटा मतदान केन्द्रबाट एकैपटक चार मतदाताले मतदान गर्न पाउनेछन । पहिलो मतदान केन्द्र ‘क’ मा मतदाता सख्या १ देखि ६ सय ५४ र ‘ख’ मतदान केन्द्रमा ६ सय ५५ देखि १ हजार ३ सय ७० सम्मका मतदाताले मतदान गर्नुपर्ने छ ।

त्यस्तै, ‘ग’ मतदान केन्द्रमा १ हजार ३ सय ७१ देखि १ हजार ९ सय ६१ तथा ‘घ’ मतदान केन्द्रमा १ हजार ९ सय ६२ देखि २ हजार ७ सय ४ सम्मका मतदातालाई मतदान गर्ने व्यवस्था गरिएको छ ।

निर्बाचनको लागी तीन प्यानल चुनाबी मैदानमा होमिएका छन् । चुनाबी ब्यबसायीको भएपनी राजनितिक दलहरुले पनि यसलाई चासोको रुपामा लिएका छन् । सबैभन्दा ब ढि मतदाता संघमा धनगढी क्षेत्रमा रहेका छन् त्यस पछि अत्तरिया क्षेत्रमा झण्डै ३४० मतदाता रहेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE