बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

दिपायल, मेल्लेक, बझाङ पालिहाल्ने सडक प्रदेश सरकारको प्राथमिकतामा-मन्त्री बोहरा

कर्ण चन्द ३० पौष,डोटी । दिपायल, मल्लेक, डौड तोलेनी पात्तिहाल्ने बझाङ सडक प्रदेश सरकारले बनाउने सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार बिकास मन्त्री पठान सिं बोहराले बताए ।

सायल गाउँपालिका वडा नं. ३ तोलेनीमा सडक उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री बोहराले यस्तो बताएका हुन् । डोटीको सायल गाउँपालिका वडा नं. ३ तोलेनीमा पहिलो पटक गाडी पुगेको छ । सायल गाउँपालिका वडा नं. २ देखी वडा नंं. ३ तोलेनीसम्म निर्माण भएको सडकको मन्त्री पठान सिंह बोहराले उद्घाटन गर्नु भएको हो ।

तोलेनी सम्म सडक पुर्याउन धेरै पहिलादेखि पहल भएपनि अहिले आएर सम्भब भएको वडा नम्बर ३ का अध्यक्ष गोरख सार्किले बताए । २०६४ सालदेखी सुरु भएको सडक चट्टान भएका कारण ढिलाइ भएको सायल गाउँपालिका उपाध्यक्ष बिष्ना सिहले बताईन ।

गत आर्थिक बर्ष र चालु आर्थिक बर्षमा ९६ लाख बजेट लगानीमा सडक निर्माणको कार्य सम्पन्न भएको सायल गाउँपालिका अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । चुनावका समयमा जनताका बिचमा गरेको एउटा प्रतिबद्धता पूरा भएको र बाँकी कुराहरु पनि पुरा गर्नेमा विश्वस्त रहन अध्यक्ष तेजबहादुर डुम्रेलले आग्रह समेत गरेका छन् ।

उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य अर्चना गहतराज, नेपाल कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेश सदस्य नारद मलासी, गणेशदत्त भट्ट, नेकपा डोटीका प्रस्तावित जिल्ला अध्यक्ष चक्र मल्लको उपस्थित रहेको थियो ।
सायल गाउँपालिकाको मूख्य चुनौती प्रत्येक गाउँमा सडक पुर्याउनु र बिद्युत बिस्तार गर्नु रहेको अध्यक्ष तेजबहादुर डुम्रेलले बताए । सडक पुगेपछि स्थानियमा खुसि छाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE