बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

खप्तड गोल्डकपः आज थ्री स्टार भर्सेस च्यासल

३० पौष,धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकपमा आज तेस्रो क्वाटरफाईनल खेल हुँदैछ । आजको क्वाटरफाईनलमा थ्रीस्टर र च्यासल युवा क्लब बीच प्रतिस्पर्धा हुदैछ । खेल दिउँसो साढे २ बजे धनगढी रंगशालामा हुनेछ ।

सहिद स्मारक ए डिभिजन लिगमा अपेक्षा अनुसारको प्रर्दशन गर्न नसकेका दुवै टोली जितको खोजीमा हुनेछन् । लिगमा थ्री स्टार तेस्रो र च्यासल आठौँ स्थानमा रहेका थिए।

थ्री स्टारले वाई पाएर क्वार्टरफाईनल पुगेको हो । च्यासलले दिल्ली एफसीलाई हराउँदै अन्तिम ८ मा प्रवेश गरेको हो । विदेशी खेलाडी अर्मान्ड मोएनको आगमनमा बलियो देखिएको च्यासललाई रोक्नुपर्ने चुनौती थ्री स्टारलाई छ ।

दुई सेन्टर डिफेन्डर दिनेश राजवंशी र अनन्त तामाङको आगमनले रक्षात्मक रुपमा बलियो देखिएको थ्री स्टारलाई कप्तान विक्रम लामा, सुनिल बल, रन्जन विष्ट, गोलकिपरमा एलेन न्यौपानेको साथ छ ।

च्यासल युथ क्लबलाई कप्तान देवेन्द्र तामाङ, हेमन्त थापामगर, योगेश गुरुङ, अमिर श्रेष्ठ, संजोक राई, छिरिङ गुरुङ र सन्त बहादुर गुरुङको साथ रहेको छ । लिगमा दुवै टोलीले गोल रहित बराबरी खेल्दै अंक बाँडेका थिए । आजको खेलको विजेताले फाईनल प्रवेशको लागि मेची नेत्रालय फुटबल टे«निङ सेन्टरसँग प्रतिस्पर्धा गर्नेछ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE