बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

आजदेखि माघी पर्व शुरु, थारु गाउँमा माघीको रौनकता

३० पुस, काठमाडौं । थारु समुदायको नयाँ वर्ष माघी आजदेखि शुरु भएको छ ।

आज यो वर्षको अन्तीम दिन अर्थात (जिता मार्ने) दिन हो ।

आज जिता मारेर भोली नित्य कर्म गरी आशिर्वाद लिनको लागि पवित्र दिन भएकाले रगतको थोपा देखिनु हुँदैन भन्ने मान्यता अनुसार आजै जिता मर्ने गरिन्छ ।

माघी थारु समुदायको नयाँ वर्ष हो । यो पर्वका अवसरमा थारु गाउँमा महतवा, भल्मन्साको घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने र खोज्नी बोज्नी गर्ने परम्परा रहेको छ ।

माघीको आन्तरिक तयारी एक हप्ता अघिबाट सुरु गरिए पनि माघीको अघिल्लो दिन आज पुस ३० गते मासुको जोहो गरेर औपचारिक रुपमा माघीको सुरुवात गर्ने गरिन्छ ।

मानिसहरु आज रातभर मघौटा र धमार गीत गाएर नाचगान गरी जाग्राम बस्ने गर्छन् । रातभर धमार गाएर बसेका उनीहरु विहान नजिकैको नदी ताल, कुञ्डमा पुगेर विधि अनुसार स्नान गरि घर फर्किने र घरमा आएर नुन, चामाल छोएर चामालको सेतो टीका लगाएर आफूभन्दा ठूला मान्यजन,अफान्त,परिवारका सदस्यलाई ढोग लागि आशिर्वाद लिने गरिन्छ ।

छोएको वस्तुलाई छोरी चेलीका लागि निसराउ भनी राख्ने र माघसकेपछि दिने चलान छ । चामल, नुन, उरुद लगायतको एक प्रकारको कोसेलीलाई निसराउ भनिन्छ ।

माघी पर्व बिशेष गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका थारु समुदायले मनाउने गरेका छन् । माघीको आगमनसँगै थारु समुदायको बाहुल्यता रहेका पश्चिम तराईका जिल्लाहरुमा रौनकता बढेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE