बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

बाजुरामा १२ वर्षीया बालिका बलात्कृत

बाजुराको बूढीगङ्गा नगरपालिका–८ नुवाकोट ४७ वर्षीय दलबहादुर थापा बालिका बलात्कार अभियोगमा पक्राउ परेका छन्।

थापाले स्थानीय १२ वर्षीया बालिकालाई गोठमा भैँसीलाई पानी खुवाउन गएका बेलामा बलात्कार गरेको प्रहरीले जनाएको छ।

बालिकाकी आमाले दिएको उजुरीको आधारा प्रहरीले थापालाई पक्राउ गरेको हो। थापालाई हिरासतमा राखि अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिए।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE