बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

खप्तड गोल्डकपः आज पहिलो सेमिफाईनल थ्री स्टार भर्सेस मेची नेत्रालय

२ माघ,धनगढी । सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आजदेखि सेमिफाईनलका खेल सुरु हुदैछन । पहिलो सेमीफाईनल अन्र्तगत आज रुस्लान थ्री स्टार क्लब र मेची नेत्रालय ट्रेनिङ फुटबल सेन्टर प्रतिस्पर्धा गर्दैछन ।

यि दुई टोली बिचको खेल धनगढी रंगशालामा दिउँसो साढे २ बजे सुरु हुनेछ । थ्री स्टार हालै सम्पन्न सहिद स्मारक ’ए’ डिभिजन लिगमा तेस्रो स्थान हात पारेको टीम हो ।

पहिलो सेमिफाइनलको विजेताले संकटा क्लब र नेपाल पुलिस क्लबबीचको विजेतासंग खेल्नेछ । फाईनल खेल माघ ५ गते हुनेछ । प्रतियोगिता मेची नेत्रालय आयोजक सुदुरपश्चिम – ११ र सशस्त्र प्रहरी बलको एपिएफलाई पराजित गर्दै सेमिफाइनलमा पुगेको हो ।

बाई पाएर सिधै क्वाटरफाइनल खेलेको थ्री स्टारलले च्यासल युथलाई १–० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो । मोफसलकै सर्वाधिक धनराशीको प्रतियोगिताको विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ हात पार्नेछन् ।

उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाईकल प्राप्त गर्दा विधागत उत्कृष्ट विजेताले जनही १५÷१५ हजार रुपैयाँ पाउने छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE