बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

मजगाउँमा थारु संग्रालय बनाइने

५ माघ,धनगढी । गोदाबरी नगरपालिकाका नगरप्रमुख हरिसिंह साउँदले गोदाबरी नगरपालिकामा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याउनको लागि मजगाउँमा थारु संग्रालय बनाउने प्रतिबद्धता जनाए ।

गोदावरी नगरपालिका ८ मजगाउँमा शनिबारदेखि शुरु भएको माघ महोत्सवको उद्घाटन समारोहमा उनले सो प्रतिबद्धता जनाएका हुन् । पछिल्लो समय पहिचानसंग जोडिएको हरेक सामाग्री लोप भइएरहेको बताउदै यस्ता सामाग्रीको संरक्षण र सम्बद्र्धन गर्ने स्थानीय तहको दायित्व समेत रहेको बताए ।

देशको विभिन्न ठाउँहरुमा भिन्न भिन्नै समुदायको संग्रालय व्यवस्थितरुपले स्थापना गरेको बताउदै पर्यटकहरु टिकट शुल्क तिरेरै ती सामाग्री हेरिरहेका हुन्छ । जसले गर्दा गोदाबरी नगरपालिकामा पनि पर्यटक भित्र्याउन थारु समुदायको पहिचानसंग जोडिएर रहेका कला बस्तु संस्कृतिको संग्रालय हुन आवश्यक रहेको बताए ।

त्यसै गरि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य इन्दु थारुले पहिचान जोगाउनको लागि बोलेर मात्रै हुदैन, व्यवहारमा उतार्नुपर्छ । हिजोका दिनमा थारु समुदायको घर आगनमा रहेको कलात्मक सामाग्रीहरु लेप हुदै गइरहेको छ । त्यसको संरक्षण र सम्बद्र्धन गर्न हामी सबैले दायित्व बोध गर्न जरुरी रहेको बताइन् ।

नेपालमा बाह्य संस्कार भित्रिने प्रवृति हाबी छ । हामी हाम्रो पहिचान भुलेर अर्काको देखासिकि गर्छौ जसले गर्दा हाम्रो संस्कृति लोपहुन पुगेको हो । आज भोली ठूला ठूला होटेलहरुको भित्तमा हाम्रो पहिचानसंग जोडिएका कलात्मक सामाग्रीले सजिएको हुन्छ । हाम्रा पुर्खौली नाँचको तस्वीरले भित्ता रंगिएको हुन्छ, त्यहि बस्तु हेर्न हामी पैसा खर्च गरिरहेका हुन्छौ । त्यसैले अब सबैले हातेमालो गर्दै आ–आफ्नो तरिका प्रयोगगरि पहिचान जोगाउन तर्फ अग्रसर होऔं भन्दै आग्रह गरिन् ।

महोत्सवमा थारु खानपानका परिकार, नाचगान, कलाकारहरुको प्रस्तुती, थारु विबाह, अष्टिम्की टिक्ने ढमार गीत प्रस्तुति भएको थियो । थारु कल्याणकारिणी सभा गोदावरीको आयोजनामा शुरु भएको महोत्सव माघ ७ गते सम्म चल्ने भएको छ । महोत्सवमा थारु समुदायको पुरानो घरलाई आकर्षणका केन्दबिन्द बनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE