बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

चौरपाटी गाउँपालिका जेष्ठ नागरिकलाई सम्मान गर्दै

राजेन्द्र कुँवर ११ माघ,अछाम । चौरपाटी गाउँपालिकाको आयोजनामा जेष्ठ नागरिकसंग अध्यक्ष कार्यक्रम अन्तरगत वडा नम्बर ४ पायलमा जेष्ठ नागरिक सम्मान गरिएको छ । ‘कामको सुरुवात गरौँ जेष्ठ नागरिकलाइ सम्मान गरौ भन्ने मुल नाराका साथ चौरपाटी गाउँपालिकाले सबै वडामा जेष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रम रहेको चौरपाटी गाउँपालिकाका अध्यक्ष हर्कबहादुर साउँदले जानकारी दिनु भएको छ ।

चौरपाटी गाउँ पालिका वडा नम्बर ४ पायलका ९१ जना जेस्ठ नागरिकलाई सम्मान गर्दै सम्मानित हुनेहरुलाइ दोसल्ला टोपी साबुन कोल्गेट ब्रस लगाएतका सामाग्री बितरण गरिएको थियो । वडा नम्बर ४ का वडा अध्यक्ष हर्क लोहारको अध्यक्षतामा भएको जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै गाउँ पालिकाका अध्यक्ष हर्कबहादुर साउदले जेष्ठ नागरिकको कार्य अनुभवको उच्च सम्मान गर्नु पर्ने बताउनु भयो ।

उहाहरुले गाउँ निर्माणमा पुगाउनु भएको योगदानको युवापुस्ताले सम्मान गर्न सक्नु पर्ने बताउनु भयो ।
गाउँपालिकाका उपाध्यक्ष माया कुँवर विभिन्न राजनीतिक दलका नेता शिक्षक बिद्यार्थीले शुभकामना दिएको कार्यक्रम संचालन वडा सचिब शिद्धराज जोशिले गर्नु भएको थियोे भने स्वागत वडा सदस्य सुरत कुवरले गर्नु भयो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE