शुक्रबार, बैशाख २४, २०७८
Friday, May 7, 2021

सिमानाकामा फेरी भारतको ‘दादागिरी’

११ माघ,धनगढी । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनगढी संग जोडीएको कञ्चनपुरको पुनर्वास नगरपालिका ११ डोकेबजार क्षेत्रमा भारतिय पक्षले एकतर्फी रुपमा तारबार हाल्ने र ट्रेन्च निर्माण सुरु गरेको छ ।

भारतिय पक्षले दशगजा नजिकै दुधुवा राष्ट्रिय निकुञ्जको संरक्षणका नाममा उक्त निर्माण कार्य गरिरहेको हो । सीमासंगै जोडिएको दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई वस्तीमा पस्न रोक्न र निकुञ्जको सुरक्षाका लागि भन्दै भारतिय पक्षले दशगजा क्षेत्रमै निर्मँण कार्य गरिरहेको स्थानीय बताउछन् । एसएसबीले डोकेबजारमा रहेको सीमा स्तम्ब १७१ देखि ७७३ सम्म ट्रेन्च खन्ने र तारबार हाल्ने काम गरिरहेको हो ।

डोकेबजारदेखि विकास वस्तीसम्मको क्षेत्रमा उक्त कार्य गर्ने योजना अनुरुप भारतीय पक्षले एकलौटी तरकिाले निर्मायण गरेपछि आफुहरु डुवानमा पर्ने भन्दै स्थानियले विरोध जनाएका छन । ट्रेन्च खनेपछि थुपारिएको माटो बांध जस्तै भएको छ । उक्त बांधले वस्ती डुबानमा पर्ने भन्दै स्थानियले काम तत्काल रोक्न माग गरेका छन् । भारतिय पक्षले दुधुवा राष्ट्रिय निकुञ्जका वन्यजन्तु रोक्नका लागि ट्रेन्च निर्माण भईरहेको वताउदै आएका छन ।

यता सिमा सुरक्षा कार्यालय कैलालीको टोलीले बिहिवार उक्त क्षेत्रमै पुगी काम तत्काल रोक्न आग्रह गरेपछि काम रोकिएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी बावुराम श्रेष्ठले बिहिवार शसस्त्र प्रहरी पठाएर काम रोक्न लगाइएको र आफुले पनि यस विषयमा माथिल्लो निकायलाइ जानकारी गराएको वताउनुभयो ।

यसअघि गत चैतमा पुनर्वासन नगरपालिकाकै वडा नं. १० खड्डा ककंडमा नेपालतर्फ दशगजा भन्दा निकै वर वन्यजन्तु रोक्न विद्युतिय तारबार लगाउन खोज्दा एसएसबीले अवरोध गरेको थियो । नगरपालिकाकै लगानीमा विद्युतिय तारबार लगाउन खोज्दा एसएसबीले पोलहरु नै उखेलेर फालेको थियो । कञ्चनपुरमा पटक पटक सिमा विवाद हुँदै आएको छ । सिमा विवादकै कारण दुइ वर्ष अघि भारतीय सिमासुरक्षा वल एसएसवीको गोली लागी गोविन्द गौतमको ज्यान गएको थियो ।

  • 19
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    19
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE