बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

जीप दुर्घटनामा सशस्त्रका एसपीको मृत्यु

१३ माघ,बारा । जीप दुर्घटना हुँदा बारामा सशस्त्र प्रहरी बलको १२ नम्बर गणमा कार्यरत प्रहरी उपरीक्षक बलराम पोखरेलको निधन भएको छ ।

सिडियो र सुरक्षा अधिकारीहरु चढेको स्कर्पीयो दुर्घटना हुदा बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, प्रहरी जवान शम्भु गुरुङ र चालक जगत पटेल घाईते भएका छन् ।

दुर्घटनामा परी घाइते भएका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको बारा प्रहरीले जनाएको छ ।

बाराको कर्मचारी मिलन केन्द्रले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटनामा परेको हो ।

बाराका प्रमुख जिल्ला अधिकारीले चढ्ने गरेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE