बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

भोलीको बैठकमा सहकारी सम्बन्धि बिधेयक पारित हुने

१३ माघ,धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिबेसनको तेस्रो बैठक सोमबार दिउँसो २ बजे बस्दैछ । सोमबारको बैठकमा सुदूरपश्चिम प्रदेशको सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक २०७५ पारित गर्ने गरि कार्यसूचि तय भएको बताइएको छ ।

आइतबार बसेको कार्यब्यवस्था परामर्श समतिको बैठकले सहकारी सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित गर्ने कार्यसूचि तयार गरेको छ ।

दोस्रो बैठकमा प्रतिवेदन सहित सामाजिक विकास समितिले प्रस्तुत गरेको बिधेयक सोमबारको बैठकमा छलफलपछि पारित गर्ने कार्यसूचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

सोमबारको बैठकमा सचिवायलय व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल सुरु हुने सचिवालयका सचिव शर्माले बताए । प्रदेश सभाको अर्को बैठक १८ गते बस्ने छलफल भएको उनले जानकारी दिए ।

  • 15
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    15
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE