बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

असिनाले तरकारीमा क्षति

विमल विष्ट १४ माघ,डोटी । जिल्लामा हिमपातसँगै परेको असिनाले तरकारीवालीमा नोक्सानी गरेको छ ।
आईतवार राती झण्डै डेढ घण्टासम्म हावाहुरी सहित परेको असिनाले डोटीको दक्षिणी क्षेत्रका बडिकेदार, बोगटान, जोरायल, केआईसिंह लगायतका गाउँपालिकामा सयौ रोपनी तरकारी खेतीमा नोक्सानी पु¥याएको छ । त्यस्तै जोरायल क्षेत्रमा पनि तरकारी, अन्न बाली समेतमा क्षेति पु¥याए जोरायल गाउँपालिकाका स्थानिय रमेश मगरले बताउनु भएको छ । मगरले भन्नु भयोे, “एकाएक असिना प¥यो हाम्रो त सबै तरकारीवाली सखाप पा¥यो ।”

हिमपात भएका कारण गहुँ लागयतका अन्य वाली सप्रिने आसामा खुसि भएका यहाँका किसानहरु आईतवार राती असिना परेपछि तरकारी खेतीमा नोक्सानी पु¥याएपछि चिन्तित भएका छन् । असिना पानीले फुल्न लागेका सुन्तला र पाक्न लागेको टमाटरमा समेत व्यापक क्षति पु¥याएको स्थानियहरुले बताएका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE