बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

के तपाईलाई टाउको दुखिरहने समस्या छ ? यस्ता छन् निको पार्ने घरेलु उपाय

१७ माघ,धनगढी ।  आजको व्यस्त र तनवपुर्ण जिन्दगीमा टाउको दुखाई एक साधारण समस्या जस्तै बनेको छ । तर लगातार टाउको दुख्ने समस्याले भने तपाईको कार्यक्षमता र तपाईको पुरै दैनिकीलाई प्रभावित पार्ने गर्दछ । दैनिक र लगातार टाउको दुखाईको समस्याबाट छुटकारा पाउन औषधी नै सेवन गर्नु भन्दा घरेलु र प्रकृतिक उपचार पद्धती उत्तम मानिन्छ । यसले विना साइड इफेक्ट टाउको दुखाईबाट मुक्ति पाउन सकिन्छ ।
यस्ता छन् टाउको दुखाईबाट छुटकारा पाउने घरेलु उपचार

पुदिनाः
माइग्रेनको उपचारमा पुदिना निकै महत्वपूर्ण मानिन्छ । यदि तपाईंलाई लगातार टाउको दुखिरहन्छ भने तपाईंले पुदिनलाई चियामा मिसाएर पिउन सक्नुहुन्छ । यसले तपाईंलाई तुरुन्त राहत प्रदान गर्छ ।

नुनको पेष्टः
टाउको दुखाईका लागि ल्वाङ र नुनको पेष्ट एक प्रभावकारी उपचार पद्धती मानिन्छ । ल्वाङको पाउडर र नुनलाई दुधमा मिसाएर पिउनुहोस् । नुनमा हाइग्रस्कापिक गुण पाइन्छ जसले टाउको दुखाईबाट आराम मिल्दछ ।

दालचिनी पाउडर पेष्टः
टाउको दुखाईबाट आराम पाउनका लागि दालचिनी पाउडर पेष्ट एउटा राम्रो तरिका हो । उपयोगका लागि दालचिनी पिसेर पाउडर बनाउनुहोस् र यसलाई पानी हालेर बाक्लो पेष्ट बनाउनुहोस् । अब यो पेष्टलाई टाउकोमा लगाउनुहोस् । यसले तपाईंको दुखेर भारी भएको टाउको छिट्टै हल्का हुन्छ ।

कागती र तातो पानीः
लगातार टाउको दुखिरहन्छ भने एक ग्लास तातो पानीमा कागतीको रस मिसाएर पिउनुहोस् । किनभने धेरैपटक पेटमा ग्याँस बनेका कारण पनि टाउको दुख्ने गर्दछ र कागती पानीले ग्याँसको समस्या हल गर्नुका साथै टाउकोको दुखाई पनि कम गर्दछ ।

लसुनको रस पिउनुहोस:
लसुनको रस पिउँदा लगातार दुख्ने तपाईंको टाउकोले राहत महसुस गर्दछ । यसलाई तयार गर्नका लागि लसुनका केही टुक्रा लिनुहोस् र यसलाई निचोरेर रस निकाल्नुहोस् र कम्तीमा पनि एक चम्चा रस पिउनुहोस् । वास्तवमा लसुन एक पेनकिलर पनि हो, यसले टाउको दुख्न कम गराउँछ ।

धनियाँ, जीरा र अदुवाको रस पिउनुहोसः
धनियाँको पात, जीरा र अदुवा राखेर बनाएको चिया पिउनाले पनि लगातार दुखिरहने तपाईंको टाउको कम हुने गर्दछ । यसलाई बनाउनका लागि थोरै तातो पानी लिनुहोस् र यसमा धनियाँ, जिरा र अदुवा यी तीनथरी हालेर पाँच मिनेटसम्म उमाल्नुहोस् । राम्रो परिणामका लागि यसलाई कम्तीमा पनि दिनको दुई पटक पिउनुहोस् ।

तात्तातो मसाला चियाः
लगातार टाउको दुखिरहन्छ भने यसलाई तात्तातो मसाला चियाले राहत प्रदान गर्दछ । यदि तपाईं मसाला चिया बनाइरहनुभएको छ भने त्यसमा थोरै अदुवाका साथै अलैंची पनि हाल्नसक्नुहुन्छ ।

  • 7
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    7
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE