बुधबार, असार २, २०७८
Wednesday, June 16, 2021

छाउगोठमा एक महिलाको मृत्यु

१८ माघ,डोटी । डोटीको काडामाडौ माछाउगोठमा एक महिलाको मृत्यु भएको छ। पूर्विचौकी गाँउपालिका ५ काडामाडौंकी पार्वती बोगटीको मुत्यु भएको हो। २१ बर्षिया पार्वती महिनावारी भएको ५ दिन भएको थियो। उनको घरमा अरु कोही नभएको बताइएको छ।

जेठानीको घरमा खाना खाई आफ्नो घरको तल्लो कोठामा सुतेकी बोगटी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। डोटीका प्रहरी नायब उपरिक्षक लालबहादुर धामीले बोगटीको खुट्टा जलेको देखीएको बताए। कोठामा सानो झ्याल र एउटा ढोका मात्र रहेका कारण आगोले निसासीएका कारण मृत्यु भएको हुन सक्ने उनले बताए।

यसअघि पनि सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा पटक-पटक छाउगोठमा महिलाहरुले अनाहकमा ज्यान गुमाउने गरेका छन् ।

  • 3
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
    3
    Shares

WRITE COMMENTS FOR THIS ARTICLE