बिहिबार, असार ३, २०७८
Thursday, June 17, 2021

५७ महिलाको खाडी मुलुक र भारतबाट उद्धार

१५ साउन,बाँके । माइती नेपाल, नेपालगन्जले एक वर्षको अवधिमा श्रम र यौन शोषणमा परेका ५७ जना महिलाको उद्धार गरेको छ। कामको शिलशिलामा विदेश गएका र मानव बेचविखनमा परेका महिलाको उद्धार गरि नेपाल ल्याइएको माइती नेपाल, नेपालगन्जका प्रमुख केशव कोइरालाले जानकारी दिए। उनका अनुसार, भारतबाट ५४ र खाडीमुलुकबाट तीन जना महिलाको उद्धार गरिएको छ।

उनले आर्थिक बर्ष ०७४/०७५ को तुलनामा गत आर्थिक वर्षमा उद्धार हुने महिलाको संख्या धेरै भएको बताए। माइती नेपाल, नेपालगन्जले आब ०७४/०७५ मा भारत र खाडीमुलुकबाट ५२ जना महिलाको उद्धार गरेको थियो। माइती नेपालको तथ्यांक हेर्दा बेचविखनमा पर्ने र उद्धार हुने महिलाको संख्या बढ्दै गएको छ। आर्थिक बर्ष ०६९/०७० मा १४ जनाको उद्धार भएको बताउँदै कोइरालाले आव ०७०/७१ मा ३१ र आब ०७१/०७२ मा १९ तथा आव ०७२/०७३ मा २६ महिलाको उद्धा गरिए परिवारमा पुनस्र्थापना गरिएको जानकारी दिए।

उनले आब ०७३/०७४ मा भारत र तेस्रो मुलुकबाट श्रम र यौन शोषणमा परेका ५१ जना महिलाको उद्धार गरिएको जानकारी दिए। खोजतलासका लागि निवेदन दिनेको संख्या भने गत आर्थिक बर्षमा घटेको छ। उनले आर्थिक बर्ष ०७५/०७६ मा आठ सय ३३ वटा निवेदन परेकोमा एक सय ३६ जनामात्र फेला परेको बताए। आब ०७४/०७५ मा खोजतसालका ९ सय १३ निवेदन दर्ता भएकोमा एक सय ४३ जना फेला परेका थिए।

माइती नेपालको तथ्यांक अनुसार गत आर्थिक बर्षमा घरेलु हिंसाका २५ वटा घटना भएका थिए। जस मध्ये १६ वटा उजुरी समाधान भएको कोइरालाले बताए। तर, आर्थिक बर्ष ०७४/०७५ मा १७ वटा घरेलु हिंसाको घटना घटेकोमा १४ वटा घटना समाधान भएका थिए।

जोखिमपूर्ण यात्रा गरिरहेका नौँ सय दुई जनाको जमुनहा नाकाबाट उद्धार गरि आवधिक गृहमा राखेर परिवारमा पुनस्थपना गरिएको छ। तर, आर्थिक बर्ष ०७४/०७५ मा यो संख्या धेरै थियो। कोइरालाका अनुसार, आव ०७४/०७५ मा जोखिमपूर्ण यात्रामा रहेका नौ सय ३० जनालाई सीमा नाकाबाट उद्धार गरि आवधिक गृहमा राखेर परिवारमा पुनस्थापना गराइएको थियो।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE