बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

बालमैत्री बिपद् जोखिम न्युनिकरण सम्बन्धी साझा सवाल

टिकापुर, २२ माघ : कैलालीको टिकापुरमा बालमैत्री बिपद् जोखिम न्युनिकरण सम्बन्धि साझा सवाल कार्यक्रम गरिएको छ । वल्र्ड भिजनको सहयोग र सामाजिक बिकासका लागि सचेत समाजको आयोजनामा टीकापुर नगरपालिका ३ मा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बिपद् ब्यबस्थापन योजना निर्माणका बिषयमा पनि छलफल भएको छ ।

कार्यक्रममा बोल्दै टीकापुर नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राम सेबक महतोले आफ्नो वडालाई बिपद् क्षेत्र सिमाङ्कन गरिएको र सोहि अनुसार व्यवस्थापन योजना निर्माणका लागि तयारी सुरु गरिएको बताए । कार्यक्रमका सहभागिहरुले वडामा महिला हिंसा न्युनिकरणका लागि बिभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, बिपद्को पूर्ब तयारिका लागि आवश्यक सामाग्रीको ब्यबस्था गर्ने स्थानिय सरकारलाई सुझाब दिएका छन ।

कार्यक्रममा नगरपालिका तथा वडा कार्यालयको बाल निती बिपद् ब्यबस्थापन कोष बालमैत्री अबस्था लगायतका बारेमा छलफल गरिएको सिएसएसडीका सामाजिक परिचालक लाल बहादुर चौधरीले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE