बिहिबार, असार ३, २०७८
Thursday, June 17, 2021

अछाममा जिप दुर्घटना एकको मृत्यु

अछाम,१३ फागुन : अछाममा जिप दुर्घटना हुदाँ एकजनाको मृत्यु भएको छ। दुर्घटनामा परी ढकारी गाउँपालिका ३ तालिकाका राम नेपालीको मृत्यु भएको हो। जिल्लाको कमलबजार नगरपालिका-६ मा से १ ज ९१० नम्बरको जिप दुर्घटना हुदाँ जिपमा सवार १३ जना घाइते भएका थिए। घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल अछाममा ल्याइएको छ।

ढकारी गाउँपालिकादेखि मंगलसेन आउँदै गरेको जिप गैरिटाँडमा दुर्घटना भएको हो। घाइते सबैको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन। तिब्र गतिका कारण दुर्घटना भएको अनुमान प्रहरीको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE