बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

लकडाउनका कारण रगतको नमुना पठाउन समस्या

धनगढी, १२ चैत्र : सेती प्रादेशिक अस्पतालको आईसोलेसन कक्षमा अहिले कोरोनको सम्भावित लक्षण देखिएका ८ जना भर्ना भएका छन् । भारत, कतारलगायतका देशबाट फर्किएका ८ जनालाई ज्वरो आएपछि आईसोलेसन कक्षमा भर्ना गरिएको हो ।

सेती अस्पतालको इमर्जेन्सी विभागका प्रमुख डा।जगदिश जोशीले उनीहरुलाई आईसोलेसन वार्डमा राखेर रगतको नमुना संकलन गरिएको बताए । तर, लकडाउनका कारण पठाउन भने समस्या भईरहेको उनले जानकारी दिए ।

उनले भने, ‘हिजो मंगलबार सम्ममात्र ७ जना आइसोेलेसनमा थिए, आज एक जना थपिएका छन । उनीहरुको स्याम्पल संकलनको काम गरिरहेका छौं । तर परीक्षणका लागि काठमाडौं पठाउन समस्या भइरहेको छ ।’

यसअघि सुदूरपश्चिमका अस्पतालहरुले संकलन गरेको स्याम्पल प्रदेश जनस्वास्थ्य प्रयोगशाला हुँदै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरिएको थियो । लकडाउनपछि स्याम्पल पठाउन नसकिएको उनले बताए ।

डा।जोशीले भने, ‘यसअघि धनगढी–काठमाडौं सञ्चालन हुने विमान मार्फत स्याम्पल पठाउने गरेका थियौं । तर अहिले लकडाउनपछि सबै हवाई सेवा पनि ठप्प छ । कसरी पठाउने भन्नेबारे छलफल भईरहेको छ ।’

सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणको व्यवस्था नहुँदा स्याम्पल काठमाडौं पठाउनुपर्ने बाध्यता रहेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE