आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

सेती प्रादेशिक अस्पतालमा कोरोनाको मात्र उपचार हुने

धनगढी,१२ चैत्र : सेती प्रादेशिक अस्पताललाई केही समयको लागी कोरोनाका बिरामीको मात्रै उपचार गर्ने तयारी गरिएको छ । अहिले अन्य बिरामीको चाप कम हुँदै गएकोले अस्पतालको पुरै जनशक्ति कोरोना रोकथाम र नियन्त्रणको लागी प्रयोग गर्ने गरि तयारी भईरहेको सामाजिक बिकास मन्त्रालय स्रोतले जनाएको छ ।

सामान्य बिरामीलाई अन्य सरकारी अस्पतालमा पठाएर सेती अस्पतालमामा कोरोनाका बिरामीको मात्रै उपचार गर्ने तयारी भएको हो । देशमा पुरै लकडाउन भएको अबस्थामा अस्पतालको अन्य सेवा दिन गारो हुने भएकाले मन्त्रालयले त्यस्तो योजना बनाएको बताईएको छ । अगामी दिनमा पनि कोरोनाको संक्रमणको खतरा झनै रहेकाले मन्त्रालयले त्यस्तो तयारी गरेको हो ।

अहिले अस्पतालमा कोरोनाको आशंका भएका बिरामीहरुलाई राख्ने ५ वटा मात्रै आईसोलेसन कक्ष रहेका छन् । तर तिनिहरु पनि त्यती सुबिधायुक्त नभएको बिरामीहरुले गुनासो गरेका छन् । अस्पताललेनै थप ५० बेडको आईसोलेसन कक्ष निर्माण गर्ने भएको छ । त्यसको लागी हिजो मात्रै प्रदेश सरकारले बजेट बिनियोजित गरेको जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE