बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

कोरोना भाइरसको आशंकामा एक जना युवक आइसोलेसनमा

सविना परियार डोटी, १२ चैत्र : नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण भएको आशंकामा एक जनालाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ ।

केही दिनअघि भारतको तेलंगना प्रदेशबाट आएका डोटीका १९ वर्षीय एक युवक मंगलबार अस्पतालको सम्पर्कमा आएका थिए । उनलाई कोरोनाको संक्रमण हुन सक्ने भन्दै अस्पतालले आइसोलेसन वार्डमा राखेको छ ।

उनको घाटी र नाकको स्वाब परीक्षणका लागि टेकु अस्पताल पठाइएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.ज्योती पाण्डेले जानकारी दिइन । ‘हामीले उहाँको स्वाब एम्वुलेन्समार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाएका छौं,’ डा.पाण्डेले भनिन्, ‘धनगढीबाट काठमाडौं लगिनेछ ।’

रिपोर्ट नआएसम्म उनलाई आइसोलेसन वार्डमै राखिने डा.पाण्डेले बताइन । संक्रमणको आशंका गरिएका ती व्यक्तिको परिचय गोप्य राखिएको अस्पतालले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE