बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

भारतमा कोरोनाबाट मर्नेको संख्या १५ पुग्यो

धनगढी, १३ चैत्र : भारत प्रशासित कश्मीरमा कोरोना भाइरसको संक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ। जम्मू कश्मीरमा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो।

हैदरपोरा क्षेत्रका ६५ वर्षीय वृद्धको बिहीबार विहान श्रीनगरको छाती रोग अस्पतालमा मृत्यु भएको पीटीआईले जनाएको छ। ती वृद्ध सुगर, ब्लड प्रेसर र मोटापन समस्याबाट ग्रसित थिए।
श्रीनगरका मेयर जुनैद अजीम मट्टु र कश्मीर सरकारका प्रवक्ता रोहित कंसलले मृत्युको पुष्टि गरेका छन्। ती वृद्धसँग सम्पर्कमा आएका ४ जनालाई पनि कोरोना संक्रमण देखिएको छ।

कश्मीरमा वृद्धको मृत्युसँगै भारतमा कोरोनाबाट मर्नेको संख्या १५ पुगेको छ। आजतकका अनुसार बिहीबार कश्मीरसँगै गुजरात र महाराष्ट्रमा एकरएक जनाको मृत्यु भएको छ। गुजरातमा यो दोस्रो संक्रमितको मृत्यु हो भने महाराष्ट्रमा चौथो संक्रमितको मृत्यु भएको हो। भारतमा हालसम्म ६ सय ३३ जना संक्रमित छन् भने ४२ जना उपचारपछि घर फर्किएका छन्।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE