मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

धमाधम क्वारेन्टाइन निर्माण गरिदै,दैनिक मजदुरी गर्नेलाई राहत दिईने

भीम बहादुर परियार सल्यान, १४ चैत्र : कोरोना भाईरस (कोभिड-१९) संक्रमीत र आशंका गरिएका ब्यक्तिहरुको लागी छत्रेश्वरी गाउँपालिकाले क्वारेन्टाइन निर्माण गरेको छ। वडा नम्बर ५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लेखपोखरामा ८ बेडको क्वारेन्टाइन निर्माण गरेको हो।

क्वारेन्टाइनमा बस्ने संक्रमीतहरुलाई आईसोलेसनसहितको उपचार गरिने बताइएको छ।गाउँपालिकाले दमाचौर स्वास्थ्यचौकी, जयचौर स्वास्थ्यचौकी र भोटेचौर स्वास्थ्य चौकीमा भोलि शनिबार सम्म ५/५ बेडका क्वारेन्टाइन कक्ष निर्माण गरिने जानकारी गराएको छ ।

कोरोना संक्रमीत वा आशंकितहरुको परिक्षण र उपचार गर्न स्वास्थ्यकर्मीहरुलाई नभई नहुने सुरक्षा कवज पिपिइको समेत ब्यबस्था गर्न लागेको छ। प्राप्त जानकारी अनुसार अन्य उपलब्ध औषधी र उपकरणहरुको समेत ब्यबस्था मिलाइएको छ। थप क्वारेन्टाइन आबस्यकता परेमा सामुदायिक बिधालय र सामुदायिक भबनहरु प्रयोग गरिने भएको छ।

कोरोनाको संकास्पद ब्यक्ति त अत्यावश्यक उपचारको लागि गाउँपालिकामा रहेका ४ वटा एम्बुलेन्स मध्य ३ वटा एम्बुलेन्स तयारी अबस्थामा राखिएको छ। प्रत्येक वडाहरुमा सरकारले गरेको लकडाउनलाई पालना गर्न र शुरक्षा साबधानी अपनाउन माईकिङ गर्ने कार्य जारी रहेको छ। वैदेशिक रोजगारीबाट फर्केकाहरुको तथ्यांक संकलन गरी उनिहरु र उनिहरुको परिवारलाई स्वास्थ्य परिक्षणको ब्यबस्था मिलाएको छ।

दैनिक ज्यालादारी गरेर जीवन गुजारा चलाउने मजदुर,श्रमिक (अति बिपन्न) परिवारहरुको तथ्यांक संकलन गरि राहतको प्याकेज अनुसार खाद्यान्नको ब्यबस्था मिलाउन लागिएको छ। सम्बन्धित वडा अध्यक्षसंग समन्वय गरेर अति बिपन्न श्रमिकहरुलाई राहत उपलब्ध गराईनेछ।कोरोनाको महामारी र लकडाउनको बेला कोहिपनी अति बिपन्न श्रमिकहरु भोकै नबसुन भन्ने उद्देश्यका साथ गाउँपालिकाले सो प्रक्रिया अगाडि बढाएको हो।

महामारीको यस अवधिमा तपाइको गाउँ टोलमा कोहि शंकास्पद वा सङ्क्रमित व्यक्ती भेटिएमा खबर गर्नुहुन साथै अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन, भिडभाड नगर्न, अनावश्यक भेटघाट नगर्न र संयमित भएर घरमै बस्नुहुन समेत छत्रेश्वरि गाउँपालिकाले अपिल गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE