मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

सुदूरपश्चिम प्रदेश सरकारले गर्‍यो यस्तो निर्णय

धनगढी, १५ चैत्र : सुदूरपश्चिम प्रदेश सरकारले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सम्भावित विरामीको नमूना परिक्षणका लागि तीन वटा अस्पतालमा ल्याब स्थापना गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रि परिषद् बैठकले कोरोनाका सम्भावित विरामीको नमूना परिक्षणका लागि सेती प्रादेशिक अस्पताल, बैतडी र डोटीमा ल्याब स्थापना गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश बहादुर शाहले बताए ।

लकडाउनका कारण ज्याला मजदुरीबाट आयस्रोत गुमेका तथा गरिबीको रेखामुनी रहेकाहरुका लागि ४० करोडको राहात प्याकेज उपलब्ध गराउने निर्णय पनि प्रदेश सरकारले गरेको छ । राहात प्याकेज आर्थिक मामिला तथा योजना मन्त्रालयले व्यवस्थापन गर्ने निर्णय भएको प्रबक्ता शाहले बताए । कोषमा विभिन्न संघसंस्था तथा सर्वसाधारणले समेत राहात जम्मा गर्न सक्ने प्रदेश सरकारले जनाएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE