मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

कृषि बिकास बैंकले ग¥यो ५ लाख सहयोग

धनगढी,१७ चैत्र : सुदुरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको राहत कोषमा कृषि बिकास बैंकको प्रदेश कार्यालयले ५ लाख रुपैंया प्रदान गरेको गरेको छ । कृषि बिकास बैंकका सुदरपश्चिम प्रदेश निर्देशक गोकुल प्रसाद पनेरूले प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहरालाई आज ५ लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

सुदुरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष खडा गरेको छ । उक्त कोषमा प्रदेश सरकारले ४० करोड रकम उपलब्ध गराउने निर्णय सरकारले गरेको छ । कोषको आर्थिक स्रोतको समन्वय गर्ने जिम्मा प्रदेश सरकारले आर्थिक मामिला मन्त्री झपट वोहरालाइ प्रदान गरेकोे छ ।

  • 0
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE