शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

नगरप्रमुख र उपप्रमुख चढ्ने जिपले बिरामी बोक्ने

भीम बहादुर परियार सल्यान, १७ चैत्र : सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले बिरामी बोक्नको लागि नगर प्रमुख र उपप्रमुखले प्रयोग गर्दै आएको जिपनै विरामी बोक्न प्रयोग हुने भएको छ । नगर प्रमुख गोबिन्द पुनका अनुसार अन्य भाडाका गाडिले बिश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको डरले विरामी बोक्न नमान्ने भएपछि प्रमुख र उपप्रमुखले प्रयोग गर्ने लु १ च ८०४३ र भे १ त १७७८ नम्बरको दुवै जिप बिरामी बोक्नका लागि स्वास्थ्य शाखालाई जिम्मा दिएका छन ।

बस्तीस्तरमा काम गर्नलाइ वडा तथा गाउँटोलसम्म जनप्रतिनिधि भएको यो समयमा नगर प्रमुख र उपप्रमुख होम क्वारेन्टाइनमा रहेका बेला आफुले प्रयोग गर्ने जिपनै विरामी बोक्नमा प्रयोग हुने नगर प्रमुख पुनले बताए ।

व्यक्तीको स्वास्थ्यभन्दा अरु केहि पनि ठुलो नहुने भन्दै नगरप्रमुख पुनले नयाँ कामको थालनी आफैबाट गरिएको बताए ।
प्रमुख तथा उपप्रमुख दुवैले प्रयोग गर्ने जिपनै नगरका विरामी बोक्ने गरी प्रयोग गरिने भएकाले नगरभित्र कोहि विरामी भएमा नगर स्वास्थ्य प्रमुख बासुदेव पोखरेल तथा नजिकैको स्वास्थ्य चौकिमा सम्पर्क गर्न समेत नगरपालिकाले अनुरोध गरेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE