शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

दिल्लीमा बस्ने प्रवासीको अनुरोध,हामीलाई मर्नबाट जोगाउ

मिलन परियार धनगढी, १८ चैत्र : छिमेकी देश भारतको राजधानी नयाँ दिल्लीस्थित रोहिणीमा १५ बर्षदेखी गाडी धुने काम गर्दै आएका बाजुरा बुढीगंगा नगरपालिका-२ नडांगका ३४ बर्षिय तुलाराम नेपालीले प्रवासमा बस्ने करिब एक हजार प्रवासी नेपालीहरु लकडाउनका कारण ठूलो संकटमा परेको बताएका छन् ।

भर्खरै ३० मिनेट लामो भिडियो कल मार्फत नेपालीले सो कुरा बताएका हुन् । कोरोना भाइरसको महामारीले बिश्व त्रसित भएका बेला आफुहरुलाई भने ज्यान जोगाउनै मुस्किल भएको उनले बताए ।

भारतमा दिनानुदिन कोरोना भाईरस संक्रमण दर बढी रहेको छ,मृत्यु हुनेको संख्या पनि दिनैपिच्छे बढी रहेको छ । तर आफुहरु भने भोकभोकै मर्नु पर्ने अबस्था छ । उनले भने,शहरै पुरै ठप्प छ । मान्छे दिनैपिच्छे मरेका छन् घर परिवारले पनि दिनहु फोन गरेर घर फर्क भनेपछि निकै अत्यास लागेको छ ।

भारत सरकारले गरेको लकडाउनका कारण अर्काको गाडी धोएर जीवन गुजारा गर्ने हामी नेपालीहरु जीवन मरणको अबस्थामा छौं । हामीलाई तत्काल उद्धार गरी स्वदेश फर्काउनका लागि पहल गरि दिन अनुरोध गरेका छन् ।

दिल्लीस्थित नेपाली दुतावासमा पटकपटक अनुरोध गर्दा पनि कुनै चासो नदिएपछि निराश हुदै भिडियो सम्पर्कमा आएका उनले आफुहरु कोरोनाले भन्दा पनि भोकभोकै मर्नुपर्ने अबस्था सृजना भएको हुँदा मर्नबाट बचाई दिन समेत भनेका छन् ।

कोरोनाले छुनु भन्दा पहिले भोकले मर्ने भयौं हजुर दिल्ली प्रहरीले गाडी धुने काम बन्द गरि दिएको छ । रासन दिने साँहुले रासन दिदैन यो अबस्थामा अब हामीले कसरी ज्यान जोगाउने उनले सुनाए । नेपाल सरकार छिटोभन्दा छिटो प्रवासी नेपालीलाई उद्दार गरि स्वदेश फर्काउन अनुरोध गर्दछौं,भनेका छन् ।

बेरोजगारी समस्याका कारण बालबच्चा,घर परिवार छोडेर अर्काको देशमा सरसफाईको काम र चौकीदारी गर्न बाध्य हामी नेपालीलाई बिचल्लीमा नपार्न समेत उनिहरुले अनुरोध गरेका छन् । सरकार मर्नु भन्दा पहिले केही कुरा भन्न मन छ के हामी प्रवासी नेपाली तपाईं नेता,मन्त्रीहरुलाई आवस्यकता नपर्ने हो वा के हामीलाई सरकार भएको महसुस गर्न नपर्ने हो प्रवासी नेपाली भारतको गल्लीगल्लीमा भौतारिएर भोकभोकै मर्दैछन् । यस्तो विपद्को घडीमा हामीलाई मर्नबाट जोगाउन अनुरोध गर्दछौ ।

१२ दिन दिल्लीस्थित जिटिबि हस्पिटलमा उपचार गराई रहेका उनका भाई ३० बर्षिय तोताराम नेपालीको चार दिन अघि उपचार अभावमा दिल्लीस्थित बाबरपुरमा निधन भएको थियो । लकडाउन भएपछि हस्पिटलले उनका भाईलाई घरमा पठाइ दिएको थियो । घर आएको तीन दिनपछि उनको निधन भएको हो । मृत्यपछि पनि उनको दाहसंस्कारमा निकै कठिनाई परेको थियो । केही बाजुरेलीहरु मिलेर एक सय किलोमिटर टाढा पैदल हिडेर दाहसंस्कार गरिएको समेत उनले पिडा सुनाए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE