मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

कोरोना कहर : विश्वभर ४२ हजार वढीको मृत्यु,संक्रमितको संख्या ८ लाख ५६ हजार वढी

धनगढी, १९ चैत्र : विश्वभर महारामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) का कारण मृत्यु हुनेको संख्या ४२ हजार १ सय ७ पुगेको छ । ८ लाख ५६ हजार ९ सय १० जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । ठूलो संख्यामा संक्रमितहरु उपचारपछि निको समेत भएका छन् ।

पछिल्लो तथ्यांक अनुसार १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् । कोरोनाको चर्को महामारी खेपिरहेको इटलीमा थप ८ सय ३७ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १२ हजार ४ सय २८ पुगेको छ । कोरोनासंग जुधिरहेको अर्को यूरोपेली मुलुक स्पेनमा ८ हजार ४ सय ६४ जनाको मृत्यु भएको छ । त्यहां थप ७ सय ४८ जनाको मृत्यु भएको हो । यता अमेरिकामा पनि कोराना संक्रमण तीब्र गतिमा फैलिरहेको छ ।

थप ७ सय १९ जनाको मृत्यु भएपछि अमेरिकामा मृतकको संख्या ३ हजार ८ सय ६० पुगेको छ । फ्रान्समा पनि मृतकको संख्या बढेको छ । त्यहां कोरोनाका कारण ३ हजार ५ सय २३ जनाको मृत्यु भएको छ । उता, इरानमा २ हजार ८ सय ९८ जनाको मृत्यु भएको छ । बेलायतमा १ हजार ७ सय ८९ जनाको मृत्यु छ । जर्मनीमा थप १ सय ३० जनाको मृत्यु हुँदा मृतकको संख्या ७ सय ७५ पुगेको छ ।

कोरोना संक्रमण नियन्त्रण गरेको चीनमा हालसम्म ३ हजार ३ सय ५ जनाको मृत्यु भएको छ । यसैगरी नेदरल्याण्ड्समा १ हजार ३९, बेल्जियममा ७ सय सय ५, पोर्चुगलमा १ सय ६० जनाको मृत्यु भएको छ ।

यता छिमेकी मुलुक भारतमा पनि कोरोनाको महामारी फैलिरहेको छ । मृतकको संख्या ३५ पुगेको छ भने १ हजार ३ सय ९७ जना संक्रमित छन् । पाकिस्तानमा २६ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १ हजार ९ सय ३८ पुगेको छ । बंगलादेशमा कोरोना संक्रमणका कारण पांच जनाको मृत्यु भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE