सोमवार, मंसिर ८, २०७७
Monday, November 23, 2020

गडसेरामा बाड्यो नेकपा वडा कमिटीले साबुन

डोटी, २१ चैत्र : कोरोना भाइरसबाट बच्नका लागि जोरायल गाउँपालिका ५ गडसेरामा नेकपा वडा कमिटीले दुई सय वटा साबुन बितरण गरेको छ । रोजगारी गर्न भारत गएकाहरु कोरोनाको डरले गाउँ फर्केपछि शहरमा भन्दा गाउँमा कोरोनो संक्रमणको जोखिम बढेको छ ।

यसै जोखिमलाई ध्यानमा राखी नेकपा वडा कमिटिले सचेतनाका लागि सावुन वितरण गरेको हो । गडसेरा निवासी नेकपा डोटी जिल्ला कमिटि सदस्य डबल ताम्राकारका अनुसार अझै पाँच सय साबुन वितरण गरिने छ ।

सावुन विरतणका लागि जोरायल गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा,सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवर,जोरायल गाउँपालिका उपाध्यक्ष जमुना बोहरा,जिल्ला कमिटी सदस्य डबल ताम्राकारले आर्थिक सहयोग गरेका थिए ।

नेकपा जोरायल गाउँपालिका कमिटि सदस्यहरु राम बहादुर बिष्ट,डिल बहादुर खडायत,वडा कमिटि अध्यक्ष हिक्मत ताम्राकार,वडा संगठन समिति कार्यालय सचिव चेत बिष्ट,वडा संगठन समिती सदस्य दान बहादुर देउबा,नेकपा निकट शिक्षक संगठनका शिक्षक प्रकाश रावल, शिक्षक ओमप्रकाश बोगटी गडसेरा स्वास्थ्यचौकीमा कार्यरत अनमि शारदा कठायतले घरघरमा गएर साबुन वितरण गरेको नेकपा वडा कमिटि अध्यक्ष हिक्मत ताम्राकारले जानकारी दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE