शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८३ पुग्यो, ३५ सय संक्रमित

धनगढी, २४ चैत्र : भारतमा कोरोना भाइरस संक्रमितको संख्या ३५ सय नाघेको छ । स्वास्थ्य एवम् परिवार कल्याण मन्त्रालयले देशभर कोरोना संक्रमितको संख्या ३५ सय ७७ पुगेको पुष्टि गरेको छ ।

अहिलेसम्म भारतमा ८३ संक्रमितको मृत्यु भएको बीबीसीले जनाएको छ । भारतमा आइतबार पाँचसय पाँच नयाँ संक्रमित भेटिएका छन् । देशभरका दुई सय ७४ जिल्लामा कोरोनाको संक्रमण फैलिएको छ ।

दिल्लीमा आइतबार कोरोना भाइरसका ५८ जना नयाँ संक्रमित देखिएका छन् । दिल्लीमा कोरोना संक्रमित बिरामीको संख्या पाँच सय तीन पुगेको छ । महाराष्ट्रमा कोरोना संक्रमितको संख्या बढेर सात सय ४८ पुगेको छ ।

उत्तर प्रदेशमा आइतबार कोरोना संक्रमणका ४४ नयाँ बिरामी देखिएका छन् । यो सँगै उत्तर प्रदेशमा संक्रमितको संख्या दुई सय ७८ पुगेको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE