सोमवार, मंसिर ८, २०७७
Monday, November 23, 2020

आर्थिक अभावमा मुटु रोगी बालकको ज्यान गयो !

धनगढी, २७ चैत्र : धनगढीस्थित माया मेट्रो अस्पतालको १ नं. बेडमा मृत्युलाई जिति रहेका एक बालकको आज विहान १०:५४ बजे मृत्यु भएको छ । १० दिनदेखी अस्पतालको बेडमा छटपटाई रहेका उनको उपचार लागी सहयोगको अपिल गरेको एक दिन नबित्दै विहान अस्पतालमै मृत्यु भएको हो ।

मुटु रोगबाट ग्रसित १० वर्षिय सुदिप नेपालीको मुटुमा प्वाल परेर भल्बमा गम्भिर समस्या परेको भन्दै माया मेट्रो अस्पतालले थप उपचारका लागि शहिद गंगालाल हृदय केन्द्र बाँसवारीमा रेफर गरेको थियो । जोरायल गाउँपालिका-४ काफलीका ३० बर्षिय मोहन नेपालीका माईला छोरा उनको लकडाउका कारण समयमै काठमाडौं पुर्याउन नसकिदा मृत्यु भएको हो । लकडाउनका कारण मृतक बालको सब दाहसंस्कारका लागि जोरायल लग्न समेत निकै गारो भएको बताइएको छ । एम्बुलेन्सले लग्न नमान्दा आफुहरु सकसपूर्ण अबस्थामा अस्पतालमै रहेको उनकी दिदी उषाकिरण ज्योतीले बताईन् ।

उनी पाँच बर्षको उमेरदेखी मुटु रोगबाट ग्रसित थिए । तर आर्थिक समस्याका कारण तत्काल काठमाडौं लग्न नसकिने भएपछि उनका बुवाले हिजो साझमात्रै सबैसंग सहयोगको अपिल गरेका थिए । नेपालीका दुई छोरा र एक छोरी छन् । सानै उमेरदेखी पटक-पटक बिरामी हुने गरेपनि गरिबीकै कारण समयमै उपचार गर्न नसकेको उनका बुवाले बताए । ‘गरिबले मर्नु रैछ,वुवाले भक्कानिदै भने,पैसा भएको भए हिजै एम्बुलेन्स रिजर्भ गरेर काठमाडौं लग्थे पैसाको खोजी गर्दागर्दै नावालक छोराको ज्यान गयो ।

अत्यधिक पेट दुख्ने,निरन्तर वान्ता गर्ने,सहन नसक्ने गरी रुने र छटपटाउन थालेपछि उनको १० दिन अघिदेखी माया मेट्रो अस्पतालमा उपचार भईरहेको थियो । उनलाई बचाउनका लागि अस्पतालले हर प्रयास गरेको तर मुटुको भल्बमै समस्या देखिएपछि डाक्टर सावले तुरुन्त काठमाडौं लग्न भनेको उनकी आमा सिता नेपालीले बताईन् । उनले गाउँकै श्री जगदम्बा आधारभुत बिद्यालयमा भर्खरै कक्षा ३ को बार्षिक परिक्षा दिएका थिए । उनका बुवा गाउँमै सामान्य कपडा सिलाउने पसल संचालन गरेका छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE