बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

लकडाउनमा रेडियो बुलबुलेको सृजनात्मक काम

सुर्खेत, २७ चैत्र : नेपालमा सामुदायिक रेडियोहरुको विकास हुने क्रमसंगै तत्कालिन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाम वीरेन्द्रनगर सुर्खेतमा स्थानीय स्तरको संचारप्रतिको मागसंगै स्थानीय स्तरमा सूचनाको पहुंच पु¥याउने उद्धेश्यले नागरिकहरुलाई रचनात्मक,सृजनात्मक कार्यमा लाग्न प्रेरित गदै यहाँको सीप,क्षमता,अनुभव र दक्षता प्रस्फुटन गराउने मूख्य उद्देश्यले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा ०६० जेठ २८ गते बुलबुले संचार केन्द्र दर्ता गरिएको हो ।

यस संस्थाले ०६१ पौष ०७ गते समाज कल्याण परिषद् काठमाण्डौमा आवद्धता प्राप्त गरेको हो । आफ्नो उद्धेश्य प्राप्तिका लागि ०६० मंसिर २९ गते बुलबुले संचार केन्द्रका नामबाट बुलबुले एफ.एम. सञ्चालन गर्न नेपाल सरकार सुचना तथा सञ्चार मन्त्रालयबाट ईजाजत प्राप्त गरेको हो । रेडियो बुलबुलेको इजाजत नं. ११८/६०/६१ हो । ०६२ साल जेष्ठ २ गतेदेखि परिक्षण प्रशारण शुरु गरिएको बुलबुले एफ.एम. ०६२ मंसिर २ गतेदेखि १०३ थोप्लो ४ मेगाहर्ज मार्फत प्रशारण हुदै आएको छ ।

विभिन्न जानकारीमूलक, सूचनामूलक, चेतनामूलक, सन्देशमूलक र मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्नु मुख्य बिशेषता रहेको बुलबुलेले नियमित रुपमा समाचार बुलेटिनहरु पनि प्रशारण गर्दै आएको छ । विभिन्न निकायबाट गरिएको सर्वेक्षणले कर्णाली प्रदेशका् सुर्खेत, दैलेख, जाजरकोट, कालीकोट, रुकुम पश्चिम, सल्यान, प्रदेश नं. ५ वाँके, वर्दिया र दाङ, सुदूरपश्चिम प्रदेशको कैलाली, डोटी, अछाम जिल्लाहरुका धेरै जसो क्षेत्रमा बुलबुलेको पहुँच पुगेको छ । करिव २५ लाख वढी श्रोताले नियमित बुलबुले सुन्ने गरेको पाइएको छ ।

५ सय वाट प्रशारण क्षमता भएको बुलबुले एफ.एम.स्थापनाका हिसाबले सुर्खेतको अग्रणी एफ.एम.हो । र पनि यसले सकेजती आफ्नो क्षेत्र विस्तार गर्न सकिरहेको छैन । दैनिक १८ घण्टा चल्ने बुलबुले ५ घण्टा ३० मिनेट समाचार र विज्ञापन लगायतका अन्य कार्यक्रमहरु संचालन गरी रहेको छ ।

१५ वर्षदेखि स्थानीय र केन्द्रीय स्तरमा सम्वन्ध विस्तार गर्दै जाने क्रममा अन्तर्राष्ट्रिय रेडियो प्रसारक संघ (अमार्क) को सदस्यता प्राप्त गरी सकेको छ । विविसी नेपाली सेवासंग पनि समन्वय गर्न सफल भएको छ । नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वीरेन्द्रनगर नगरपालिका, लेकवेशी नगरपालिका, चौकुने गाँपालिका, सिम्ता गाउँपालिका र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुका साथै राष्ट्रिय स्तरमा सामुदायिक रेडियो प्रसारक संघ, कम्युनिकेशन कर्नर, इक्वेल एक्सेस, एन्टेना फाउण्डेसन, एनसेट नेपाल, प्याक्ट नेपाल लगायतका संस्थाहरुसंग साझेदारी गरि रहेको छ ।

संचार आफैमा संवेदनशिल निकाय हो । वर्तमान समयमा संचार माध्यम विश्वमानै छिटो छरितो र सरल तथा शुलभ तरिकाले सत्यतथ्य जानकारी दिने एकमात्र माध्यम बनेको छ । संचार माध्यमले केवल सूचना, जानकारी मात्र नभएर वौद्धिक विषय वस्तुहरु समेत प्रसारण गरी श्रोताहरुको जीवनस्तर र जीवनशैलीमा समेत परिवर्तन ल्याएको यर्थाथता सवैमाझ प्रष्ट छ । समाजका हरेक क्रियाकलापहरुसंग प्रत्यक्ष सम्वन्ध राख्ने संचार माध्यम भएकोले यसभित्र तमाम अवसर र चुनौतिहरुकावीच अघि वढ्दै श्रोताहरुलाई सहि सूचना, सत्यतथ्य समाचार, विशुद्ध मनोरञ्जन प्रदान गर्नु हाम्रो दायित्व रही आएको छ ।

संचार माध्यम समुदायसंग प्रत्यक्ष जोडिएको हुंदा यसको उन्नति प्रगतिमा सवैले ध्यान दिन आवश्यक देखिन्छ । हाल एफ.एम.ले सहि सूचना सत्य समाचारका साथै मनोरञ्जन र जानकारी तथा सामुदायिक सफलता पाउँदै आइरहेको छ । सुर्खेती लगायत कर्णालीवासी नागरिकको अगाथ माया, सरकारी निकाय, सहकारी, गैरसरकारी संघसंस्था, शिक्षक, निजी उद्योगी, राजनीतिक दल, स्थानीय वुद्धिजीवि लगायत आम श्रोताहरुको रचनात्मक सहयोग, सल्लाह सुझावहरुको ग्रहण गर्दै हामी निरन्तर अगाडी वढीरहेका छौ ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सर्वप्रथम चीनको वुहान शहरमा देखा परेको थियो । हाल कोभिड १९ विश्वको २०८ देशमा महामारीका रुपमा फैलिएको छ । (कोभिड-१९) वाट नेपाल पनि अछुतो रहन सकेको छैन । (कोभिड-१९) का कारण नेपाल लगायत विश्वनै लकडाउनको अवस्थामा रहेको समयमा संभावित संक्रमणवाट आफु, परिवार र सम्पूर्ण नागरिकहरुलाई उच्च प्राथमिकता दिई बुलबुले एफ.एम.ले सवै पक्षसंग समन्वय, सञ्चार र सहयोग गरिरहेको छ । यस संवेदनशिल घडीमा बुलबुले संचार केन्द्रका पदाधिकारी तथा सदस्यहरु एवं बुलबुले एफ.एम.का सम्पूर्ण कर्मचारी मित्रहरु आआफ्नो क्षेत्रवाट (कोभिड-१९) विरुद्धको अभियानमा लागि रहनु भएको हुंदा योगदानप्रति उच्च मूल्यांकन गर्दै हार्दिक आभार प्रकट गर्दछु ।

चैत्र ११ गते देखि नेपाल सरकारले लागु गरेको लकडाउनलाई हामी सवैले पूर्ण पालना गरी रहेका छौ । हामीले नेपाल लकडाउन भए पश्चात नेपाल सरकारले जारी गरेको निर्देशन कार्यान्वयन गर्नका लागि बुलबुले एफ.एम. १०३.४ मेगाहर्जवाट चैत्र १५ गतेदेखि कोरोना विरुद्धको अभियान कोरोना विशेष कार्यक्रम दिनको १.१५ वजे देखि २ वजेसम्म रेडियो लाइभ कार्यक्रम संचालन गरिएको छ । लकडाउनको समयमा आम श्रोता तथा नागरिकहरुलाई सचेतना सम्वन्धी जानकारी दिने उद्धेश्यले कोरोना विशेष लाइभ कार्यक्रम संचालन गरिएको हो ।

यस कार्यक्रममा सुर्खेत निर्वाचन क्षेत्र नं.१ का माननीय ध्रुव कुमार शाही प्रतिनिधिसभा सदस्य, म.प. विश्वविद्यालय उपकुलपति प्रा.डा. नन्द वहादुर सिंह, डा.कृपाराम वि.क. शिक्षाविज्ञ, राष्ट्रिय मानवअधिकार आयोगका निर्देशक मुरारी प्रसाद खरेल, राजनीतिक दलका अध्यक्ष, केन्द्रीय सदस्यहरु, कर्णाली प्रदेशसभाका सभामुख, उपसभामुख तथा माननीय सदस्यहरु, नगरप्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्षहरु, नागरिक समाज, स्वास्थ्यकर्मी, प्याव्सन, प्रमुख प्रशासकीय अधिकृतहरु, शैक्षिक, सहकारी, सामाजिक अभियन्ताहरु लगायत विविन्न विधाका ४३ जना सम्मानित व्यक्तित्वहरुसंग संवाद गरिएको थियो । लकडाउन अवधिभर हामीले बुलबुले एफ.एम. वाट प्रत्यक हप्ताको शुक्रवार र शनिवार दिउँसो ठिक १.१५ वजे देखि २ वजेसम्म कोरोना विशेष कार्यक्रम संचालन गर्ने गरी आम श्रोताहरुको माझ उपस्थित हुनेनै छौ ।

घरमै वसौं, संक्रमणवाट आफु पनि वचौं र अरुलाई पनि वचार्औ । (कोभिड-१९) को संक्रमणलाई रोक्नका लागि पटकपटक सावुन पानीले मिचिमिचि २० सेकेन्डसम्म हात धोऔं र सामाजिक दुरी कायम गरी आफ्नो घरमै वस्नु उत्तम विकल्प हो । नेपाल सरकार र विश्व स्वास्थ्य संगठनद्धारा सम्प्रेशित सूचना तथा तथ्यांकहरुप्रति विश्वस्त रहौं । (कोभिड-१९) सम्वन्धि आफुलाई जानकारी भएका सूचना, सन्देशहरु आफनो परिवारका सदस्य तथा छरछिमेकमा फोन वा सामाजिक सञ्जाल मार्फत सञ्चार गरौं ।

तपाईहरुलाई समस्या परेको वेला बुलबुले संचार केन्द्रका पदाधिकारीहरुसंग फोनमा सम्पर्क गरौ । यस संकटको घडीमा समाजमा रहेका श्रमजीवि तथा विपन्न समुदायहरुलाई सक्ने सहयोग गर्न हुन सवैमा अनुरोध छ । नेपाल सरकारले २०७७ वैशाख ३ गते सम्मका लागि लकडाउन कायम राखेको छ । तसर्थ नेपाल सरकारले गरेको निर्णयको पूर्ण पालना गर्नु हामी सवैको कर्तव्य र दायित्व हो । त्यसैले कोरोना विरुद्धको साझा अभियानमा सक्रियताका साथ सहभागी होऔ।  नजिकिदै गरेको नयाँ वर्ष २०७७ को पावन अवसरमा हामी हाम्रा सम्पूर्ण श्रोता, विज्ञापनदाता, सरकारी, गैरसरकारी संघसंस्था, उद्योगी, व्यवसायी, विद्यालय, सञ्चारकर्मी एवं शुभेच्छुकहरुमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दिर्घायु एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं ।

लेखक बुलबुले संचार केन्द्रका सचिव हुन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE