शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

मुगुका चार गाउँमा युवाले बाडे मास्क 

बसन्त बाघचन मुगु, २८ चैत्र : मुगुको छायानाथ रारा नगरपालिका-४ भामबाडाका डबल रोकाया र वडा नं. ६ कोटिलाका खेम बहादुर रावलले वडाबासीहरुलाई मास्क बितरण गरेका छन। रोकाया र रावलले निजि खर्चमा मुन्दु,कोटिला,रन्जनबालै र लिउडी गाउका तीन सय ६० घरधुरीका एक हजार ३ सय जनालाई मास्क बितरण गरेका हुन।

स्थानीय बासिहरुका अनुसार कोरोनो भाइरस (कोभिड-१९) ले विश्वनै त्रसित बनेको अबस्थामा मनकारी युवाहरुले कोरोनोबाट बच्नका लागि मास्क उपलब्ध गराए तर सरोकारवाला निकायले भने वास्ता नगरेको स्थानीयहरु बताउछन् ।

कोरोना भाईरस नियन्त्रण गर्नका लागि सरकारले लकडाउन गरेको १८ औं भईसक्दा पनि सरकारी निकायबाट कुनै पनि सेवा सुबिधा नपायको स्थानीयहरु गुनासो गरे । रोकाया र रावलकका अनुसार कोराना भाईरसबाट वडाबासीहरुलाई जोगाउन आफूहरुले मास्क वितरण गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE