बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

अझै पाएनन् मजदुरले राहत !

कुशल दलामी कोहलपुर, २८ चैत्र : विश्वभर महाव्याधीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) कारण नेपाल सरकारले गरेको लकडाउनको १८ औं दिनमा पनि दैनिक मजदुरी गरेर खाने मजदुरहरुले अझै राहत पाउन सकेका छैनन् ।

सरकारले दैनिक ज्याला मजदुरी गर्नेहरुका लागि राहत प्याकेज घोषणा गरेको थियो । सरकारी घोषणा अनुसार राहत स्वरुप खाद्यान्न उपलब्ध गराउने जिम्मेवारी स्थानीय सरकारलाई दिएको थियो । कोहलपुर नगरपालिकाले राहत वितरणका लागि मजदुरहरुको नामावली संकलन गरेपनि मजदुरहरुले राहत पाउन नसकेका हुन् ।

कोहलपुर नगरपालिका-११ शान्तिनगरमा कुल ६१८ घर परिवार बस्दै आएका छन् जसमध्ये ४४७ घर परिवारको नागरिकता प्रतिलिपीसहितको तीन पुस्ते बिवरण वडा कार्यालयले संकलन गरेको थियो । पहिलो चरणमा ४३ घर परिवार र दोस्रो चरणमा बाँकी घर परिवारलाई राहत उपलब्ध गराउने वडा अध्यक्ष कर्ण बहादुर थापाले आश्वासन दिएपनि मजदुरहरुले राहत पाउन सकेका छैनन् ।

लकडाउनका कारण छोटो दुरीका सवारी चालक,अटो रिक्सा चालक,दिनभर कोहलपुर बसपार्कमा पानी बेचेर जीवन गुजारा चलाउने र दैनिक ज्याला मजदुरी गर्नेहरुलाई परिवार पाल्न निकै गाह्रो भएको शान्तिनगरका खले परियारले बताए । बन्दले भएको रोजगारी खोसियो,आफुसंग भएको पैसाले यत्रो दिनको खर्च टर्यो परियारले भने,काम नगरी कसरी बाच्ने न सरकारले राहतनै दिएको छ । यसरी भोकै बस्नुभन्दा कोरोना रोगले मरे हुन्थ्यो अर्का स्थानीय गोरख बहादुर सुनारले सुनाए ।

चुनाउको बेला घरघर आएर भोट हाल्नु भने,भोट पनि हालियो चुनाउ पनि जिते यस्तो संकट पर्दा हाम्रो पिर मर्का पनि बुझेनन्,सुनारले दुखेसो पोखे । हाम्रो टोल वरपरका बस्तीमा राहत बितरण गरे भन्ने सुने पनि आफुहरुलाई सरकारी राहत पाउने आश मरेको उनले बताए ।

राहत दिने भनेर नाम टिपेर लगे तर राहत कहिले पाउने हो कुनै पत्तो छैन् परियार र सुनारले एकै स्वरमा बताए । यस्तो संकटका बेला स्थानीय सरकारले छिटोछरितो राहत उपलब्ध गराउनु पर्नेमा बास्तबिक पाउनु पर्नेले नपाएको स्थानीय समाजसेवी रोशन खत्री बताउँछन् । खत्रीका अनुसार भोली नगरपालिकाको ध्यानाकर्षण गरिने भएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE