शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

सन्दुक सहकारीले बाड्यो सेनिटाइजर

कृष्ण रणपाल बुटवल, २९ चैत्र : सन्दूक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बुटवल उपमहानगरपालिकालाई पाँच हजार सहयोग गरेको छ । सहकारी संस्थाका अध्यक्ष मनोज गौचनले बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिवराज सुबेदीलाई पाँच हजार नगर हस्तान्तरण गरेको हुन् ।

सन्दूक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संचालक समितिले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा ५ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको थियो। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी संस्थाले सहयोग गरेको अध्यक्ष गौचनले बताए । बुटवल उपमहानगरपालिका-७ दिपनगरस्थित उक्त सहकारी संस्थाले कोषमा पाँच हजार रुपैया सहयोग गरेको छ ।

विस्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) नेपालमा पनि संक्रमण देखिएपछि सरकारले लकडाउन गरेको छ । यस्तो संकटको अबस्था आफुहरुले गरेको केही सहयोगले कोरोना नियन्त्रमा सघाउ पुग्ने अध्यक्ष गौचनले बताए । त्यसैगरी उक्त सहकारीले आफ्ना ४ सय ४५ जना सेयर सदस्यहरुलाई कोरोना भाइरसबाट बच्नका लागि ४ सय ५० थान सेनिटाइजर उपलब्ध गराएको सहकारी संस्थाका सचिव मोहन कुमार पाण्डेले बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE