आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

सुकुम्बासी बस्तीमा राहत वितरण

आकांक्षा पाल्पाली महेन्द्रनगर, २९ चैत्र : लकडाउनका कारण सकसपूर्ण अस्बस्थामा रहेको कंचनपुरको सुकुम्बासी दलित बस्तीमा चार जना युवाहरुले राहत वितरण गरेका छन् । कंचनपुरकै युवाहरुले भिमदत्त नगरपालिका १८ सालघारीस्थित सुकुम्बासी बस्तीमा राहत स्वरुप खाधान्य बितरण गरेका हुन् ।

सालघारीको सुकुम्बासी बस्तीका १ सय ७१ दलित घर परिवारलाई राहत वितरण गरिएको राहत वितरण समूहका सदस्य विजय जैरुले कट्‍‍वाल डटकमलाई बताए । राहत पाउनेहरुमा १० घर परिवार भारतीय समेत रहेका छन् । कंचनपुरकी मानबअधिकारकर्मी शारदा चन्द नेतृत्वको समूहले सुकुम्बासी बस्तीमै गएर प्रत्येक घरपरिवारलाई १५ केजी चामल,एक केजी दाल,एक प्याकेट नून र आधा लिटर तेलसहितको राहत वितरण गरेका हुन् । उक्त समूहमा सामाजिक अभियान्ता विजय जैरु,सुरेन्द्र देउवा र आनन्दी राना रहेका छन् ।

कोरोनो भाइरस (कोभिड-१९) ले विश्वनै त्रसित बनेको अबस्थामा दैनिक मजदुरी गरेर खाने सुकुम्बासी बस्तीका दलितहरुलाई राहत सहयोगका लागि अनुरोध गरेपछि अमेरिकामा बस्ने प्रेम नुवाकोटी, भक्तपुरका रामशरण देउजा, कैलालीका चेतराज भट्ट (चिरिञ्जीवी) महेन्द्रनगरका लोक ठकुराठीले आर्थिक सहयोग गरेका थिए ।

मनकारी युवाहरुले भोकै बस्नु पर्ने अबस्थाका बेला खाधान्य उपलब्ध गराएर आफूहरुलाई ठूलो सहयोग गरेको स्थानीयहरु बताउँछन् । सरकारले लकडाउन गरेको १८ औं दिन बितिसक्दा पनि सरकारी निकायबाट राहत सुबिधा नपायको स्थानीयको गुनासो छ ।

बिजय जैरुका अनुसार दैनिक ज्याला मजदुरी गरेर खाने सुकुम्बासी दलितहरु भोकै बस्नु पर्ने अबस्था नआओस भनेर आफूहरुले बस्तीमै गएर खाधान्य वितरण गरेको बताए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE