बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

मनमर्जि राहत बाडेको आरोपमा वडा अध्यक्ष घेराउ

कुशल दलामी कोहलपुर, ३० चैत्र : बाँकेको बैजनाथ गाउँपालिका-१ का वडा अध्यक्ष रुप बहादुर मल्ल मनमर्जि राहत बाडेको आरोपमा घेराउमा परेका छन् ।

बैजनाथ गाउँपालिका-१ चिसापानीमा शनिवार राहत स्वरुप खाद्यान्न बाड्न घेराउमा परेका छन् । अध्यक्ष मल्ललाई स्थानीयले असन्तुष्टी जनाउँदै घेराउ गरेका हुन् । वडा अध्यक्ष र वडा स्तरीय समन्वय समितिले गरेको निर्णय दैनिक ज्याला मजदुरी गरेर खानेहरुको हितमा नभएको भन्दै अध्यक्ष मल्ललाई घेराउ गर्नु परेको स्थानीयहरु बताउँछन् ।

स्थानीयको घेराउमा परेपछि वडा अध्यक्ष मल्लले दैनिक काम गरी खानेहरु भोकै बस्नु पर्ने अबस्था सृजना नहोस भनेर यहाँ राहत बाड्न आयौं राहत लिष्टमा कोही छुट्नु भएको छ भने लिष्ट सच्याउन तयार भएको बताए ।

दैनिक काम गरी खानेलाई भोकै मर्न नदिने समेत उनले प्रतिबद्धता जनाए । थप नयाँ दोस्रो चरणको राहत वितरणका लागी करिब ३०० जनाको नामलिस्ट तयार भएको बताउँदै उनले वडा स्तरीय समन्वय समितिबाट अनुमोदन गरेर मात्र राहत पाउनेहरुको नामावली छनौट गरिने आश्वासन दिए ।

वडा समन्वय समितिले गरेको निर्णय अनुसार बास्तविक राहत पाउनु पर्नेले नपाएर गैरमजदुरले पाएको भन्दै निर्णय सच्याउनु पर्ने स्थानीयहरुको माग छ ।

सरकारले गरेको लकडाउनको अबज्ञा गर्दै राहत बाड्ने नाममा यती ठूलो संख्यामा स्थानीयलाई जम्मा गरिनु कोरोना संक्रमणको खतरा निम्त्याउने स्थानीय समाजसेबीहरुको भनाई छ । भिडभाड गरेर राहत बाडिनु गलत भएको बताउँदै उनिहरुले दैनिक गरिखानेहरुलाई राहत पाउनबाट छुटाउन नहुने तर्क गरे ।

प्रहरी चौकीको २०० मिटर दुरिमा यतिधेरै सख्यामा भिड गरेर राहत बाडिदा पनि ईलाका प्रहरी कार्यालय चिसापानीले बेवास्ता गर्नु प्रहरीको भुमिका गलत भएको समेत उनीहरुले सुझाए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE