बुधबार, मंसिर १०, २०७७
Wednesday, November 25, 2020

नेशनल प्याब्सनले ग¥यो ५५ हजार सहयोग

कृष्ण रणपाल बुटवल, १ बैशाख : नेशनल प्याब्सनले देवदह नगरपालिकालाई ५५ हजार सहयोग गरेको छ । नेशनल प्याब्सनसम्बद्ध निजि बिद्यालयहरुले संयुक्त रुपमा देवदह नगरपालिकाका नगर प्रमुख हिरा बहादुर खत्रीलाई आईतबार रु ५५ हजारको चेक हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि नगरपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन तथा राहत कोषमा नेशनल प्याब्सनका केन्द्रीय सदस्य कृष्ण प्रसाद पौडेल,प्रदेश नम्बर ५ का उपाध्यक्ष बिष्णु प्रसाद पौडेल,जिल्ला सहसचिव बिनोद थापामगर र जिल्ला सदस्य राजेन्द्र पराजुलीको टोलीले संयुक्त रुपमा चेक हस्तान्तरण  गरेका हुन् ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियसन नेपाल (नेशनल प्याब्सन) मा आबद्ध देवदहमा संचालित सगरमाथा सेकेण्डरी बोर्डिङ स्कुल, देवदह ईग्लिस बोर्डिङ हाई स्कुल, न्यू नमुना ईग्लिस बोर्डिङ हाई स्कुल, न्यू लुम्बिनी ईग्लिस बोर्डिङ स्कुल, कोलिय ईग्लिस बोर्डिङ स्कुल र नमुना एभरग्रीन ईग्लिस बोर्डिङ स्कुलले नगरपालिकालाई सहयोग गर्नका लागि प्याव्सनलाई रकम उपलब्ध गराएका थिए ।

चेक हस्तान्तरणमा सो बिद्यालयहरु पनि सहभागी थिए । लकडाउनका कारण समस्यामा परेका गरिब,मजदुरहरुलाई राहत पुगोस भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व र जिम्मेवारी वहन गर्दै आफुहरुले नगरपालिकालाई आर्थिक सहयोग गरेको प्याव्सन पदाधीकारीहरुले बताए । उनिहरुका अनुसार आफ्नो सहयोगले बिपन्न,गरिब समुदायमा थोरै भएपनि राहत पुग्ने र कोरोना संक्रमणबाट जोगिन सहयोग पुग्ने छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE