शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

जन्मदिनमा पुनम ठकुरीले गरिन मृगौला पीडितलाई सहयोग

कुशल दलामी नेपालगन्ज, १ बैशाख : बाँकेको खजुरा गाउँपालिका-८ टिटिहिरियाका धिरेन्द्रसिंह ठकुरी दम्पतीले मृगौला पीडितलाई आर्थिक सहयोग गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

ठकुरीकी श्रीमती पुनमसिंह ठकुरीले आफ्नो ३१ औं जन्मदिनको अवसरमा खजुरा गाउँपालिका-७ का दुबै मृगौला पीडित अमित दर्जीलाई सहयोग गरेर जन्मदिन मनाएकी हुन् । खजुराका किराना पसल संचालक ठकुरी दम्पतीले मृगौला पीडित दर्जीको घरमै गएर आज दिउसो ५ बजे नगत रु ५ हजार १ सय र फलफूल हस्तान्तरण गरेका थिए ।

बिश्वभर कोरोनाको त्रास बढेका बेला घरमा धेरै मान्छे भेला गरी जन्मदिन मनाएर फजुल खर्च गर्नुभन्दा नेपाल सरकारले गरेको लकडाउनको पालना गर्दै मृगौला पीडितलाई सहयोग गरिएको धिरेन्द्रसिंह ठकुरीले बताए ।

कोरोना भाईरसले देशनै संकटमा परेका बेला एक दिनको रमाईलोमा रकम ब्यर्थ खेर फाल्नुको साटो हाम्रो थोरै सहयोगले कसैको जीवन बाच्छ भने किन नगर्नु भनेरै सहयोग गरिएको उनकी श्रीमतीले बताईन् । उनले भनिन,आफ्नो जन्ददिनको अवसरमा थोरै भएपनि पीडित परिवारलाई सहयोग गर्न पाएकोमा परिवार खुशी भएको बताईन् ।

ठकुरी परिवारले हरेक बर्ष जन्मदिनको अवसरमा दुखी,पीडितहरुलाई सहयोग गर्दै आएका छन् । गत बर्ष दुबै हातखुट्टा गुमाएका स्थानीय बुद्धिमान कुँवरलाई सहयोग गरेका थिए । आगामी जन्मदिनहरुमा पनि यसैगरी सहयोग गरिने ठकुरी दम्पतीले बताए । धिरेन्द्रसिह ठकुरी बैजनाथ गाउँपालिका-८ टिटिहिरियाका जनप्रतिनिधि पनि हुन् ।

बाबा बिश्वकर्मा सेवा समाजले दुबै मृगौला पीडित अमित दर्जी बचाउँ अभियानको थालनी गरेको छ । जन्मदिनको अवसरमा दर्जीलाई सहयोग गर्ने ठकुरी दम्पतीलाई बाबा बिश्वकर्मा सेवा समाजका अध्यक्ष मोहन बि.क.ले फोनमार्फत धनयबाद दिदै जन्मदिनको शुभकामना समेत दिए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE