शुक्रबार, मंसिर १२, २०७७
Friday, November 27, 2020

कोरोना कहर : विश्वभर एक लाख १९ हजारको मृत्यु,१९ लाख बढी संक्रमित

धनगढी, २ वैशाख : कोरोना भाइरस संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १९ हजार एक सय १३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यसैगरी संक्रमितको संख्या १९ लाख १७ हजारभन्दा बढी छ । ४३ हजार बढी उपचारपछि निको भएका छन् ।

कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ । अमेरिकामा हालसम्म ५ लाख ७७ हजार व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ भने मृतकको संख्या २३ हजार ६ सय ४० पुगेको छ
।यो संख्या इटलीको भन्दा ३ हजार १ सय ७५ ले बढी हो । इटलीमा २० हजार ४ सय ६५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

कोरोनाको केन्द्र अमेरिकाको न्यूयोर्क हो । न्यूयोर्कमा मात्रै १ लाख ९५ हजारभन्दा बढी संक्रमित छन् भने मृतकको संख्या १० हजार बढी छ ।

न्यूयोर्कपछि न्यूजर्सीमा २ हजार ४ सय ४३, मिशिगनमा १ हजार ४ सय ८७, लुसियानामा ८ सय ८४ र म्यासाच्युसेट्समा ७ सय ५६ जनाको कोरोनाको कारण मृत्यु भइसकेको छ ।

यद्यपि पछिल्लो प्रेस ब्रिफिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रपले स्थिति स्थिर रहेको बताएका छन् । मानिसहरुले सरकारको नीति तथा निर्देशनलाई पालना गरेकाले यस्तो अवस्था आएको उनको भनाइ छ ।

विश्वको महाशक्ति राष्ट्र भनिने अमेरिकालाई समेत कोरोनाले हायलकायल पारेको छ । यद्यपि अमेरिकी सरकारले लकडाउन गरेको छैन । केबल मानिसहरुलाई घर बाहिर ननिस्किन, सामाजिक दुरी कायम गर्न र मास्क लगाउन आग्रह मात्र गरिएको छ ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE