आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

३३ जना चिकित्सकको टोली धनगढी पुग्यो

धनगढी, ५ बैशाख : सुदूरपश्चिम प्रदेशमा कोरोना भाईरस संक्रमितको संख्या बढेपछि काठमाडौँबाट ३३ जना चिकित्सकको टोली भर्खरै मात्र धनगढी आईपुगेको छ। संक्रमित र शंकास्पद बिरामीको उपचारमा सघाउनुका साथै अन्य बिरामीको उपचारका लागि केन्द्र सरकारको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले ३३ जना चिकित्सकको टोली धनगढी पठाएको हो। केही बेर अगाडी मात्रै एती एयरलाईन्सको विमान मार्फत चिकित्सकको टोली धनगढी पुगेको हो।

मन्त्रालयले चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स) मा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत ३४ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ जना चिकित्सक सुदूरपश्चिम र प्रदेश नं. २ मा पठाएको हो ।

स्वास्थ्य मन्त्रालयले उनीहरुलाई धनगढी पठाएसंगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा जिल्ला–जिल्लामा खटाउने तयारी भइरहेको जनाएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अस्पतालहरुमा समेत उनीहरुलाई खटाइने बताए। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ पुगेको छ । जसमध्ये सुदूरपश्चिम प्रदेशमा पाँच जना संक्रमित छन् ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE