आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

चर्को बिरोधपछि वडा अध्यक्षले राहत बाड्न दिने

आकांक्षा पाल्पाली महेन्द्रनगर, ६ बैशाख : बैदेशिक रोजगारीका क्रममा बिभिन्न देशहरुमा बस्ने नेपालीहरुसंग सहयोग जुटाएर राहत बाड्दै आएका कंचनपुरका सामाजिक अभियन्ताहरुले भिमदत्त नगरपालिका वडा नं.१८ सालघारीस्थित सुकुम्बासी बस्तीमा राहत बाड्न पाउने भएका छन् ।

कंचनुपरको बिभिन्न बस्तीहरुमा राहत बाड्न् सक्रिय सामाजिक अभियन्ता युवाहरुले ठूलो रस्साकस्सीपछि आज सुकुम्बासी बस्तीमा पुनः राहत वितरणका लागि अनुमती पाएका हुन् ।

शारदा चन्द नेतृत्वको युवा समूहले चैत्र २९ गते सुकुम्बासी बस्तीका १ सय ७१ दलित घर परिवारलाई राहत स्वरुप खाधान्य वितरण गरेको थियो । प्रत्येक घरपरिवारलाई १५ केजी चामल,एक केजी दाल,एक प्याकेट नून र आधा लिटर तेलसहितको राहत वितरण गरिएको थियो ।

राहत वितरण पश्चात वडा अध्यक्ष राजेन्द्र पाण्डेले गैर राजनीतिक व्यक्तिहरुले राहत बाड्दा आफ्नो राजनीति संकटमा पर्ने जिकिर गर्दै राहत वितरणमा रोक लगाएका थिए ।

नेपाल सरकारले लकडाउन अबधी बैशाख १५ गतेसम्म लम्ब्याएपछि सुकुम्बासी बस्तीमा भोकमरीको अबस्था सृजना हुन नदिन पुनः राहत वितरण अनुमतीका लागि समूहले तीन दिन अघि निवेदन दिएका थिए । तिमिहरुले राहत बाडेर मेरो राजनीति बिगार्ने,तिमीहरुले राहत दिने भएपछि मैले कसरी राजनीति गर्ने भन्दै वडा अध्यक्षले राहत वितरण अनुमती नदिने बताएका थिए ।

वडा अध्यक्षको कार्यशैलीप्रति आपत्ती जनाउदै स्थानीयहरुले सामाजिक संजाल मार्फत उनको चर्को अलोचना गर्दै चौतर्फी बिरोध गरेका छन् । उनको चौतर्फी बिरोध आलोचना बढेपछि राहत बाड्न दिने भएका हुन् । सुकुम्बासी बस्तीमा भोली राहत बाडिने बताइएको छ ।

राहत वितरण समूहमा मानब अधिकारकर्मी शारदा चन्द,सामाजिक अभियान्ता विजय जैरु,सुरेन्द्र देउवा र आनन्दी राना सक्रिय रहेका छन् । समूहले अमेरिका बस्ने भक्तबव भण्डारी,प्रेम नुवाकोटी, भक्तपुरका रामशरण देउजा, कैलालीका चेतराज भट्ट (चिरिञ्जीवी) महेन्द्रनगरका लोक ठकुराठीको आर्थिक सहयोगमा यसअघि सालघारीस्थित सुकुम्बासी दलित बस्ती,भिमदत्त नगरपालिका वडा नं.४ बादी बस्ती र बजाउ छेउको कुचमुनियाँ बस्तीमा राहत स्वरुप खाधान्य वितरण गरि सकेको समूह सदस्य विजय जैरुले जानकारी गराए ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE