आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

धनगढीका पत्रकारले पाए राहत

धनगढी, ८ बैशाख : धनगढी उप–महानगरपालिकाले धनगढीका पत्रकारहरुलाई राहत स्वरुप खाधान्न उपलब्ध गराएको छ । नेपाल सरकारले गरेको लकडाउनका कारण समस्यामा परेका पत्रकारहरुलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।

धनगढी उप–महानगरपालिका नगरस्तरीय बिपद ब्यबस्थापन उप–समितिका संयोजक प्रेम सिंह बिकले नेपाल पत्रकार महासंघ कैलाली शाखाका कोषाध्यक्ष हिमाल जोशीलाई २२० किलो चामल, २२ किलो दाल, २२ पोका खाने तेल उपलब्ध गराएका हुन् ।

नेपाल पत्रकार महासंघ कैलाली शाखाले उपलब्ध गरेको विवरणका आधारमा तत्काल समस्या टार्न २२ जनाका लागि राहत समाग्री उपलब्ध गराएको राहत उप–समितिका संयोजक बिकले बताए ।

धनगढी कार्यक्षेत्र बनाएर डेरा गरि बस्ने समस्यामा परेकाहरुलाई राहत उपलब्ध गराउन पत्रकार महासंघले पहल गरेको थियो ।
यस अघि धनगढीमा रहेका पत्रकारहरुको स्वास्थ्य सुरक्षाका लागि भन्दै नेपाल पत्रकार महासंघ जिल्ला शाखा कैलाली मार्फत स्वास्थ्य समाग्रीहरुहरु हस्तान्तरण गरेको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE