मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

र्‍यापिड टेष्ट गर्दा सल्यानमा एक जनामा कोरोना पोजेटिभ

भीम बहादुर परियार सल्यान, ९ बैशाख : सल्यानमा र्‍यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी) गर्दा एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । शारदा नगरपालिका वडा नं.१ शितलपाटीमा र्‍यापिड टेष्ट गर्दा ३२ बर्षिय एक युवामा पोजेटिभ देखिएको हो ।

युएइबाट गत चैत ६ गते सल्यान आएका युवाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको जिल्ला अस्पताल सल्यानका प्रमुख डा.अर्जुन कुमार बुढाले जानकारी दिनुभयो ।

रिपोर्ट पोजेटिभ देखिएपछि पिसिआर जाँचका लागि स्वाब संकलन गरी सुर्खेत पठाउने तयारी गरिएको डा.बुढाको भनाई छ । युवालाई जिल्ला अस्पताल सल्यानको आइसोलेशनमा राखेर उपचार शुरु गरिएको अस्पतालले जनाएको छ । “अहिले युवाको परिवारका सदस्यहरुलाई समेत अस्पतालमा ल्याएर अरडिटी जाँच गर्न शुरु गरेका छौ, उहाँको अवस्था भने अहिले सामान्य छ” डा.बुढाले भन्नुभयो ।

यस अघि सल्यानमा ४३ जनाको पिसिआर गरिएको छ भने ५ सय ९७ जनाको र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) टेष्ट गरेकोमा सवैको रिपोर्ट नेगेटिभ आएको थियो ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE