आइतवार, मंसिर १४, २०७७
Sunday, November 29, 2020

सुदूरपश्चिमेली दलित एकता समाजद्धारा प्रवासी नेपालीलाई राहत वितरण

भारतमा अलपत्र प्रवासी नेपाली भन्छन, सरकार हामीलाई स्वदेश फर्काउ की नेपाली नागरिक होइन भन ?

मिलन परियार धनगढी, ९ बैशाख : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) का कारण छिमेकी देश भारतमा मृत्यु हुनेको संख्या दिनानु दिन बृद्धि भइ रहेको छ । मृत्युदरसंगै संक्रमित हुनेहरुको संख्या पनि प्रत्येक दिन थपिदै गएको छ ।

हालसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ । १८ हजार ६ सय १ जना संक्रमित छन् । ३ हजार २ सय ५२ जनालाई निको भएको छ । तमिलनाडु राज्यमा मात्र १५ जनाको मृत्यु भइ सकेको छ भने १ हजार ४ सय ७७ जना संक्रमित छन् ।

महाराष्टमा २२३ जना मध्यप्रदेशमा ७४ जना,उत्तरप्रदेशमा १७ जना,दिल्लीमा ४५ जना,राजस्थानमा १४ जना र गुजरातमा ६७ जनाको मृत्यु भइ सकेको छ । अन्य राज्यहरुमा पनि संक्रमण फैलिएको छ । कोरोना भाईरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रण गर्नका लागि भारत सरकारले आगामी महिना मे ४ सम्म लकडाउन अबधी लम्ब्याएपछि रोजगारीका क्रममा भारतका बिभिन्न ठाउँमा बस्ने प्रवासी नेपालीहरु निकै ठूलो समस्यामा परेका छन् ।

करिब दुई महिना लामो लकडाउका कारण रोजगारी गुमेपछि नेपालीहरु सकसपूर्ण अबस्था झेलि रहेका छन् । अध्ययन र रोजगारीको क्रममा तेस्रो मुलुकमा रहेका नेपालीहरुलाई नेपाल सरकारले उद्धार गरी स्वदेश फर्काएपनि भारतमा रहेकाहरुलाई भने घर फर्काउन पहलसम्म गरेको छैन् ।  यस्तो संकटपूर्ण अबस्थामा अलपत्र नेपालीको उद्धार र राहतका लागि तमिलनाडु राज्यस्थित सुदुरपश्चिमेली नेपाली दलित एकता समाज भारतले कोरोना राहत कोष स्थापना गरि अलपत्र नेपालीहरुलाई राहत बितरण अभियान शुरु गरेको छ ।

समाजको तमिलनाडु राज्य कमिटिले रोजगारीको क्रममा तमिलनाडु बस्दै आएका नेपालीहरुलाई राहत स्वरुप खाधान्न वितरण बितरण गरेको छ । प्रवासमा बस्ने नेपालीहरुको हक,हित र सुरक्षाका लागि स्थापना गरिएको समाजले यस्तो विपद्का बेला नेपालीहरुलाई जोगाउनु पर्ने भन्दै आफुसंगै अरुलाई पनि बचाउनु पर्छ भन्ने उदेश्यले राहत वितरण अभियान शुरु गरिएको सुदुरपश्चिमेली नेपाली दलित एकता समाज भारत तमिलनाडु राज्य कमिटि सचिव खेम भुलले बताए ।

भारतको तामिलनाडुमा संकटग्रस्त अबस्थामा रहेका ११ घर परिवारलाई हिजो र आज राहत वितरण गरिएको बताइएको छ । रोजगारीको क्रममा तमिलनाडु चेन्नई मैलापुरी बस्ने डोटीको आदर्श गाउँपालिका वडा नं.५ पिडका हरिस नेपाली,तामिलनाडु चेन्नईको राईपेट न्यूकलेज बस्ने आदर्श गाउँपालिका वडा नं.४ बाझककानीका राम तिखातरी, चेन्नइ मडिवाकम बस्ने आदर्श गाउँपालिका वडा नं.४ देईभ्वा का बिजय नागरि, सोही ठाउँ बस्ने डोटी सायल गाउँपालिका वडा नं. ६ साउँन नाराका कैलाश नागरिलाई राहत स्वरुप खाधान्न वितरण गरिएको छ ।

त्यसैगरी चेन्नइ मडिवाकम बस्ने साउँन नाराकै किसन नागरि,तामिलनाडुको बल्सरावाकम बस्ने आदर्श गाउँपालिका वडा नं.५ नुवाकोटका धन बहादुर बिक र तामिलनाडुको मान्तावली बस्ने डडेलधुराको नवदुर्गा गाउँपालिका बेलापुरका निरादेबि नेपालीलाई खाद्यान्न वितरण गरिएको छ । निरादेबि श्रीमान र नाबालक बच्चा सहित तामिलनाडुको मान्तावली बस्दै आएका छन् । उनका श्रीमानको खुट्टामा गम्भिर चोट लागेपछि लामो समयदेखि सरकारी हस्पिटलमा उपचाररत छन् ।

सुदुरपश्चिमेली नेपाली दलित एकता समाज तामिलनाडुका संस्थापक अध्यक्ष कमल भुल,अध्यक्ष रमेश बि.क.,कोषाध्यक्ष शेरसिंह विश्वकर्मा,सदस्य मदन नेपाली, बरिष्ठ सल्लाहकार तेज बहादुर तिखातरी र सल्लाहकार भिम बहादुर भुलले संयुक्त रुपमा खाधान्न बितरण गरेका हुन् ।

परदेशको ठाउँमा समस्या परेका बेला राहत पाउदा निकै खुशी भएको उनले बताइन् । कमाई गर्ने श्रीमान बिरामी हुँदा घर खर्च चलाउन आफै नोकरी गर्दै आएको उनले बताईन् । लकडाउनका कारण रोजगारीमा नपाउँदा बिहान बेलुकी छाक टार्न समेत मुस्किल परेको उनको भनाई छ ।

प्रत्येक परिवारलाई २५ केजीको एक बोरा चामल,दाल,आटा,मसला र तरकारीहरु वितरण गरिको सुदूरपश्चिम नेपाली दलित एकता समाज तमिलनाडु राज्य कमिटि सचिव खेमराम भुलको जानकारी गराए । लकडाउनका कारण समस्या झेली रहेका अन्य नेपाली प्रवासीहरुलाई समस्या परेमा सम्पर्क गर्नुहोला आफुहरुले सक्दो राहत उपलब्ध गराउने छौं त्यसका लागि तमिलनाडु चेन्नईमा मोबाईल नम्बर 8056496015 मा कमल भुललाई सम्पर्क गर्न सकिने भनिएको छ । 

लकडाउनका कारण तमिलनाडु राज्यमा समस्यामा परेका नेपालीहरुलाई राहत वितरण गर्नका लागि तथ्यांक संकलन गरेको थियो । संकलन गरिएको तथ्यांक अनुसार राहत वितरण गरिएको हो ।

लकडाउनले भएको पनि रोजगारी गुम्यो, ७ जनाको परिवार पाल्न निकै समस्या परेका बेला खाधान्न सहयोग पाउदा आफुहरुलाई ढुंगा खोज्दा देउता मिलेझै भएको राईपेट न्यूकलेज बस्ने आदर्श गाउँपालिका-४ बाझककानीका राम बहादुर तिखातरीले बताए ।

तामिलनाडु राज्यको चेन्नाइमा हजारौ नेपालीहरु अलपत्र अवस्थामा रहेका छन् । अलपत्र परेका नेपालीहरुलाई आफूहरुले उद्धारको पहल गरिरहेको तर चेन्नई पुलिसले बिहान १० बजे देखि दिउसो एक बजेसम्म मात्र अत्याबश्यक कामका लागि समय खुकुरो गरेको हुँदा उद्धारमा कठीनाई भएको खेम भुलले बताए ।

छरिएर बसेका नेपालीहरुलाई उद्धार गर्न निकै कठिनाई परेको बताउँदै उनले यहाँ बस्ने नेपालीहरुले नाजुक अबस्था गुजारी रहेको हुँदा अलपत्र नेपालीको उद्धार गरी स्वदेश फर्काउन नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE