बिहिबार, मंसिर ११, २०७७
Thursday, November 26, 2020

सेती प्रादेशिक अस्पतालबाट तेस्रो संक्रमित निको भएर घर फर्के

धनगढी, १० बैशाख : सुदूरपश्चिमका तेस्रो कोरोना संक्रमितको तेश्रो र चौथो रिपोर्ट नेगेटिभ आएपछि कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका ४० वर्षीय ईन्द्र बिकलाई अस्पतालले डिस्चार्ज गरेको छ । उनको यसअघि गरिएको पहिलो र दोस्रो रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो।

यसअघि कैलालीको लम्की चुहा नगरपालिकाका २१ बर्षीय राज बिक र धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय अमृत शाहीलाई अस्पतालले डिस्चार्ज गरिसकेको छ।

भारतको उत्तराखण्डमा काम गर्दै आएका उनी चैत १३ गते त्यहाँबाट गड्डाचौकी नाका भएर नेपाल प्रवेश गरेका थिए ।
चैत २१ गते उनको थ्रोट स्वावको नमूना पोजेटिभ पाईएपनि २२ गते उलाई सुन्दरपुरबाट उपचारका लागि धनगढी ल्याइएको थियो ।

१८ दिन लामो उपचारपछि सञ्चो भएर घर फर्किन पाउदा उनी अत्यन्त खुशी थिए । हाल सेती प्रादेशिक अस्पतालमा धनगढी उपमहानगरपालिका वडा नम्वर ५ कि ३४ बर्षीय महिला र लम्की चुहा नगरपालिका वडा नम्वर १ कि ५२ बर्षीय महिलाको उपचार भईरहेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE