मङ्लबार, मंसिर ९, २०७७
Tuesday, November 24, 2020

आज मेघगर्जनसहित वर्षा हुने सम्भावना

धनगढी, ११ बैशाख : देशका धेरै स्थानमा आज पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना देखिएको मौसमविद्ले जनाएका छन्।

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिने मौसम बुलेटिनका अनुसार आज दिउँसोपछि पहाडी भेगका धेरै तथा मध्य तथा पश्चिम तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङ, हावाहुरी, र असिनासहित वर्षा हुने सम्भावना छ।

प्रि–मनसुनका बेला भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको पनि सम्भावना रहने विभागले जनाएको छ।  पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा पनि आज दिउँसो मेघगर्जनसहितको वर्षा हुने सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

यस्तो छ तीन दिनको मौसमी विवरण

बैशाख ११ गते (बिहीबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य  बदली रहने छ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा र मध्य र पश्चिमी तराईका थोरै स्थानहरुमा अपरान्ह पछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति: देशभर आंशिकदेखि सामान्य  बदली  रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १२ गते (शुक्रबार)

दिउँसोः  देशका मध्य र पूर्वी भू-भागमा सामान्यदेखि पूर्ण बदली रही बाँकी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने छ। मध्य र पूर्वी भू-भागका केही स्थानहरुमा र पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरूमा  मेघगर्जन/चट्याङ्ग /असिना र सहित वर्षाको सम्भावना रहेको छ।पूर्वी पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको छ।

राति:  देशभर आंशिकदेखि सामान्य  बदली  रहि पूर्वी भूभागका थोरै स्थानमा  र पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १३ गते (शनिबार)

दिउँसोः  देशभर आंशिकदेखि सामान्य  बदली रहने छ।देशका मध्य र पश्चिमका पहाडी भू-भाग र पूर्वी भू-भागका  थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

राति:  देशभर आंशिकदेखि सामान्य  बदली  रहि पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा र मध्य र पूर्वी भू-भागका थोरै  स्थानहरुमा  मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

WRITE COMMENTS FOR THIS ARTICLE